विराटनगर- आन्तरिक राजश्व कार्यालय विराटनगर हिजोआज सुनसान छ ।
सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण कर्मचारी फुर्सदिला छन् । कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द छ ।
बन्दाबन्दी हुनुअघि कामको चापले कर्मचारीलाई भ्याइनभ्याइ हुन्थ्यो । गत चैत ११ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गरेसँगै अहिले आन्तरिक राजस्व कार्यालय विराटनगरको राजश्व सङ्कलन प्रभावित भएको छ ।
गएको चैत महिनामा रु ९३ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो कार्यालयले उक्त अवधिमा रु १३ करोड ९२ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । त्यस्तै वैशाखमा रु एक अर्ब ११ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले रु ११ करोड मात्र राजस्व सङ्कलन गरेको थियो । जेठमा रु एक अर्ब एक करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले जेठको २० गतेसम्म रु १३ करोड ६१ लाख मात्र राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म कार्यालयले रु एक अर्ब ७६ करोड अन्तःशुल्क, रु एक अर्ब ३५ करोड मूल्यअभिवृद्धि कर र रु दुई अर्ब एक करोड आयकर सङ्कलन गरेको छ । बन्दाबन्दीका कारण राजस्व सङ्कलन प्रभावित भएको प्रमुख सापकोटाको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस