काठमाडौं – व्यापारी सुलभ अग्रवाललाई थुनामा नै राखेर मुद्दाको थप कारबाही गर्न सरकारी वकिलले जिल्ला अदालत काठमाडौंसँग माग गरेको छ ।
न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा अग्रवालले वर्तमान गम्भीर परिस्थितिमा पनि कालोबजारी गरेको उल्लेख गर्दै सरकारी वकिल सिर्जना ढकालले अग्रवाललाई थुनामा नै राखेर मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने माग गरेकी हुन् ।
अग्रवालले कालोबजारी तथा केही सामाजिक सुधार ऐन–२०३२ विपरीतको कार्य गरेको आरोप लगाई सरकारले मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो ।
सरकारले दायर गरेको अभियोगपत्रमा उक्त ऐनको दफा २ को खण्ड (क), दफा ३, दफा ५ लगायत बमोजिम कारबाही हुन माग गरेको थियो ।
व्यापारी अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थालेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अनुसार अग्रवालविरुद्ध विभागले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
गैरकानुुनीरूपमा सम्पत्ति आर्जन गरेको आशंका भएमा विभागले सम्बन्धित व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाउने गर्दछ । विभागले बुधबार पत्र पठाई अग्रवाल छुटीजाने भएमा आफँसमक्ष पठाइदिन माग गरेको बताइएको छ । विभागले अग्रवालविरुद्ध प्रारम्भिकरूपमा अनुसन्धान थालेको बुझिएको छ ।
अग्रवालविरुद्धको बहस नसकिएकाले उनलाई प्रहरी हिरासतमा नै पठाइएको छ । आज बिहीबार पुनः अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
व्यापारी अग्रवालले कोरोना भाइरसको सन्त्रास भएका बेला ४ हजार १ सय १० रुपियाँ ९४ पैसा पर्ने थर्मल गनलाई १५ हजार रुपियाँका दरले बिक्री गरेको आरोप सरकारले लगाएको छ ।
सरकारले अग्रवालविरुद्ध १५ लाख ७८ हजार ९ सय १३ रुपियाँ ७ पैसा बिगो कायम गरेको छ । कसँर गर्दा प्रयोग गरेको २०९–एचसीसी–१ नम्बरको पजेरो गाडी र बरामद भएको थर्मल गन जफत गर्न अभियोगपत्रमा माग गरिएको छ ।
प्रहरी नायब महानिरीक्षक सहकुल थापाको नेतृत्वमा स्टिङ अप्रेसन गरेर अग्रवाललाई रङ्गेहात समातिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस