काठमाडौँ-सरकारले नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा सिफारिस भएका तीन जना मध्ये महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिले छनौट गरेका तीन मध्येबाट अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने गरेको हो ।
अर्थमन्त्री संयोजक रहेको सिफारिश समितिले हिजो अधिकारी, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्व अर्थसचिव राजन खनालको नाम छनौट गरेको थियो |
निवर्तमान गभर्नर चिरञ्जीवी नेपाल यहि चैत ६ गतेदेखि अवकाश भएपछि रिक्त गभर्नरमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई कायम मुकायम मुकर्रर गरेको थियो ।
समितिमा अर्थमन्त्री खतिवडा संयोजक, पुर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् |
पृष्ठभूमी
खोटांङमा जन्मिएका अधिकारीसंग वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ | उनले राष्ट्र बैंकको सेकेन्ड म्यान अर्थात डेपुटी गभर्नर भएर काम गरिसकेका छन् । राष्ट बैंकको गभर्नरका लागि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले अधिकारीलाई पनि सिफारिस गरेका थिए ।
राष्ट्र बैंकमा रहँदा अधिकारीले सफलतापुर्वक आफ्नो जिम्मेवारी बहन गरेका थिए । अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस