काठमाडौं – ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो।
नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।’
तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्याँसमा कालोबजारी हुने सम्भावना बढेको छ।
अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्कातिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो।
विश्वभरि फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन। तर पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्। सोही मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्।
१० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ। शुक्रबार प्रिया ट्रेडर्सले एक सय १० रुपैयाँ पर्ने सेनिटाइजर तीन सय रुपैयाँमा बेचेको फेला पारेपछि महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडको टोलीले सञ्चालक अनिल गुप्तालाई नियन्त्रणमा लिएको छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन् ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्। अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’
खरिद महँगो भएपछि धेरै मूल्यमा बिक्री गर्नु स्वाभाविक भए पनि माग बढ्नासाथ व्यापारीहरू दोब्बर÷तेब्बर मूल्य लिएर सामान बिक्री गर्न थाल्छन्।
कुनै वस्तुको बजार माग बढेपछि सामान अभाव भएको बहाना बनाएर उनीहरू चर्को मूल्य लिएर सामान बेच्न उद्यत हुन्छन्। बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।
‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्,’ उनले भने, ‘अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’
माग र आपूर्तिका आधारमा मूल्य घटबढ हुने भए पनि व्यापारीहरू अस्वाभाविक रूपमा वस्तुको भाउ बढाउँछन्। नेपालमा खुला बजारको सिद्धान्तविपरीत बजार सञ्चालन भएको छ। कतिपय वस्तुमा व्यापारीहरू मिलेमतोमा कार्टेलिङ गरेर सामानको मूल्य बढाउँछन्।
त्यसको उदाहरण अघिल्लो महिना कुखुराको मासुमा भएको अचाक्ली मूल्यवृद्धि हो। कुखुरा व्यापारीको मिलेमतोमा दुई सय ५० रुपैयाँ किलोको मासुको मूल्य चार सय २० रुपैयाँ पु¥याइएको थियो। केही समयअघि चल्ला र अण्डा नष्ट पारी अभाव सिर्जना गरेर कुखुराको भाउ बढाइएको थियो।
यस अर्थमा व्यापारीले आफैं बजार चक्र प्रभावित पारेर अभाव सिर्जना गरी कालोबजारी गर्दै आएका छन्। चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनबाट लसुन आयात घट्नासाथ एक सय ३० रुपैयाँ किलोको लसुन मूल्य बढाएर सात सय ५० रुपैयाँसम्म पु¥याइयो। अहिले कुखुरा र लसुनको मूल्य घटेको छ। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस