काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन ।
शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवशरमा मन्त्रालयबाट भएका मुख्य मुख्य कामहरुको विवरण सार्वजनिक गरेका हुन् ।
एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सयवटा सडकका खलडाखुल्डी पुर्ने कार्य भएको उनले बताए । यो सडकहरु खाल्डाखुल्डी र धुलोरहित बनाउने योजनामा प्राप्त भएको महत्वपूर्ण सफलता भएको उनले जनाए ।
एक सय दिनको अवधिमा मर्मत समेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङको भनाइ छ । हिउँदको भएकाले उल्लेखनिय मात्रामा कालोपत्रेको काम हुन नसकेपति प्राप्त उपलब्धि गौरवपूर्ण भएको र आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडकहरु कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको उनले बताए ।
मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन समाधानका लागि मन्त्रालयले काम गरिरहेको खुलासा गरे । अल्पकालिन अवस्थाका लागि चार लेनको सडक निर्माणकार्य अगाडी बढाइएको उनले बताए ।
सडक चौडा बनाउन दक्षिणतर्फ जग्गा प्राप्ती भइसकेको र उत्तरतर्फ जग्गा अधिग्रहको प्रकृया सुरु भएको जानकारी दिए मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याएर सवारी डाइभर्ट गर्ने बैकल्पिक मार्गको प्रयोग गरिने उनले बताए ।
चक्रपथ अन्तर्गत पर्ने ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाईओभर निर्माणका लागि डिपिआरु तयारीका लागि परामर्शदाता छनोटको काम भइरहेको जानकारी दिंदै मन्त्री नेम्बाङ्गले सुर्यविनायक—धुलिखेल सडकलाई विस्तार गर्दै कोटेश्वर र जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालिन रुपमा समाधान गर्न फ्लाइओभर र अण्डरपास निर्माणका लागि जापान सरकारसँग समुन्वय भइरहेको जनाए |
उनले मन्त्रालयले उपत्यकाका १७ वटा चोकहरुमा ट्राफिक बत्ति जडान गरी सञ्चालनमा ल्याएको, बाँकी ६ वटा चोकहरुमा असारभित्र मर्मतगरी सचालनमा ल्याउने योजना मान्त्रालयले अघि सारेको, त्यसैगरी पैदलयात्रुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण गरिएको, बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माण डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापनको प्रकृयामा रहेको बताए |
यसैगरी चक्रपथ विस्तारको दोश्रो खण्डअन्तर्गत कलंकी—महाराजगञ्जखण्ड विस्तार कार्यको प्रारम्भिक कामहरु अन्तिम चरणमा पुगेको छ । चक्रपथको तिनकुने—एयरपोर्ट—तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नती गर्न डिपिआएर तयार भएको छ । मन्त्रालयले राष्ट्रिय गौरबका आयोजना निर्माणका कामलाई पनि तिव्रता दिएको जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे भएको छ । ६ वटा पुल निर्माण भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत ४८ किलोमिटर सडक कालोपत्रे भएको छ । ५ वटा पुल निर्माण भएका छन् । कालिगण्डकी कोरिडोरमा ३३ किलोमिटर ग्रावेल सम्पन्न भएको छ । ३ वटा पुलहरुको निर्माण पनि सकिएको छ । कर्णाली राजमार्गमा ५ दशमलव ६ किलोमिटर ट्रयाक खोलिएको छ ।
मन्त्रालयले मदनभण्डारी राजमार्थ अन्तर्गत यो अवधिमा २६ किलोमिटर सडक कालोपत्रे भएको छ । ११ वटा पुलहरु निर्माण भएका छन् ।
सयदिनको अवधिमा २ सय किलोमिटर सडक कालोपत्रे भएको छ । १ सय ३० किलोमिटर ग्रावेल भएको छ भने ६९ किलोमिटर नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म सडक विभागबाट सञ्चालित योजनाहरुमा २४ दशमलव १३ प्रतिशत पूजिँगत खर्च भएको छ । लामो समयसम्म रुग्ण रहेका ठेक्काहरुलाई व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावदी २०६४ मा नवौं संशोधन भएपछि करिब १५ सय वटा ठेक्काको म्याद थप गरिएको छ । मन्त्रालय अन्तर्गत अहिलेसम्म कुल २२ दशमलव ८८ प्रतिशत पूजिगततर्फको वित्तिय प्रगति रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस