काठमाण्डौ-गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ। अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास सङ्घ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी र व्यवसायीसँग अन्तरक्रिया गरेको छ।
पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल विकास सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास सङ्घका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीका लागि तयार रहन र सम्भावनाका क्षेत्र पहिचान गर्न पोखराका उद्योगी व्यवसायीसँग आग्रह गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको केही समयअघि भएको वासिङ्टन भ्रमण र सुब्बा गुरुङलको निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै सुब्बा गुरुङले सो अवसरमा विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताएका हुन।
“गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ र सियाटलमा साना हिमाल छन्, त्यहाँ प्रशस्त स्किरिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ।” पृथ्वीसुब्बा गुरुङले भनेका छन्।
कार्यक्रममा संस्थाका अर्का संस्थापक सदस्य मूर्ति कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनोट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताए।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्तासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए। अधिकारीले द्विपक्षीय लगानीले नेपाली उद्योगी व्यवसायीले सञ्चालन गर्ने उद्योग व्यवसायको दायरा बढ्ने विश्वास व्यक्त गरेका छन्। सङ्घका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा धेरै सम्भावना भएको बताउँदै पूँजी र प्रविधि भित्र्याउन सके यहाँबाट राम्रो मुनाफा कमाउन सक्ने धारणा राखेका छन्। सङ्घका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्र पहिचान गरी सहकार्यको हात बढाउन व्यवसायीसँग आग्रह गरेका छन्।
कार्यक्रममा पोखराका कृषि, उद्योग, पर्यटन तथा हस्तकलालगायतका व्यवसायसँग सम्बन्धित व्यवसायीको उपस्थिति थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस