काठमाडौँ — गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानुनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी एफडीआई ल्याइएको भेट्टाएको हो ।
कान्तिपुर दैनिकका अनुसार, यो रकम हालको विनिमय दरअनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।
‘खासमा हामीले उद्योग विभागबाट विदेशी लगानी स्वीकृति हुनुपूर्वको प्रत्यक्ष विदेशी लगानीको विवरण माग्दै सूचना जारी गरेका थियौं,’ अध्ययन कार्यमा संलग्न एक अधिकारीले भने, ‘तर, स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भएपछि पनि गैरकानुनी रूपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन् ।’
स्रोत नखुलेको त्यस्तो रकम सबैभन्दा बढी नेपालमा भित्र्याउनेमा व्यवसायी अजेयराज सुमार्गी रहेको ती अधिकारीले बताए । सुमार्गीले कानुनी प्रक्रिया पूरा नगरी ट्याक्स हेवन ९कर र स्रोत खोजी नहुने० मुलुकबाट नेपालस्थित सरकारी निकायसँग अनुमति नलिई लगानी भित्र्याएको भन्दै अध्ययन समितिमा निवेदन पेस गरेका छन् । ‘करिब १० अर्ब रुपैयाँ उनकै हो,’ ती अधिकारीले भने, ‘बाँकी करिब एक अर्ब रुपैयाँ अन्य २६ कम्पनीको हो । उनीहरूले पनि कानुनी प्रक्रिया पूरा गरेको देखिँदैन ।’
विदेशी लगानी स्वीकृतिको कानुनी र संस्थागत संरचना बन्नुपूर्वको समयमा भित्रिएको लगानी संकलन गर्ने र त्यसको लेखांकन गर्ने मनसायले अध्ययन गर्न समितिलाई जिम्मा दिइएको थियो । गत कात्तिक १६ मा उद्योगमन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड बैठकले समितिलाई जिम्मा दिएको हो । तर सुमार्गीसहितका अन्य स्रोत नखुलेका निवेदन परेपछि यस विषयमा के गर्ने भन्ने बोर्डलाई अप्ठ्यारो परेको छ । ‘कानुन बनिसकेपछि त्यसमाथि स्रोत नखुलाई ल्याइएको लगानीका विषयमा बोर्डले निर्णय गर्दैन, किनकि त्यस्ता लगानी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ,’ ती अधिकारीले भने, ‘त्यसमध्येको सबैभन्दा ठूलो सुमार्गीको लगानीसमेत निवेदनका रूपमा आएपछि बोर्ड बैठकमा एजेन्डा बनाउने कि नबनाउने भन्नेबारे अन्योल भएको छ ।’
आगामी बोर्ड बैठकमा उक्त गैरकानुनी लगानीको संकलित विवरण पेस गर्ने तयारीमा उद्योग विभाग र राष्ट्र बैंकका अधिकारी छन् । कानुनी एवं संस्थागत संरचना बन्नुअघि भित्रिएको विदेशी लगानीको संख्या र रकम दुवै निकै कम छ । ‘उनीहरूले नेपालमा यति विदेशी लगानी गरेका छन् भन्ने लेखांकन भने गर्न सकिन्छ,’ ती अधिकारीले भने, ‘तर सुमार्गी र उनकै जस्तो प्रकृतिको लेखांकन गरे समस्या हुनेछ ।’
सम्पत्ति शुद्धीकरणको विस्तृत छानबिनमा परेका सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका हुन् । उनले ठूलो मात्रामा नेपालका कुनै पनि निकायबाट अनुमति नलिई एफडीआई भित्र्याएको विवरण यसअघि सार्वजनिक भएको थियो । सुमार्गी आफैंले पनि त्यो स्विकार्दै निवेदन दिएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस