काठमाडौं – माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादित विद्युत् बंगलादेश निकासी गर्न आशयपत्र पाएको छ। योसँगै नेपालको बिजुली भारत हुँदै बंगलादेशको बजारमा बिक्री गर्न (त्रिदेशीय विद्युत् व्यापार)को बाटो खुलेको छ।
अन्नपूर्णपोष्ट दैनिकले लेखेको खबर अनुसार, आशयपत्र दिने बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग छिट्टै विद्युत् खरिद सम्झौता ९पीपीए०को टुंगो लगाउन गृहकार्य भइरहेको जीएमआरले जनाएको छ। उसले वित्तीय व्यवस्थापन ९फाइनान्सियल क्लोजर० अघि बढाउन सकिने उल्लेख गरेको छ।
जीएमआरले अब ५० लाख अमेरिकी डलरको वित्तीय स्रोत बैंकहरूमार्फत जुटाउन पहल गरिरहेको आयोजना प्रमुख केके शर्माले बताए। उनका अनुसार बंगलादेशको कानुन मन्त्रालय र बंगलादेश बैंक ९केन्द्रीय बैंक० को स्वीकृतिपछि फेरि १ करोड ५० लाख डलरको बंैक ग्यारेन्टी प्राप्त हुनेछ। जीएमआरले बोर्डलाई बैंक ग्यारेन्टीसहित विद्युत् आपूर्तिको प्रतिबद्धता गर्नेछ।
बंगलादेशको मन्त्रिपरिषद्ले नेपालमा उत्पादन हुने, भारतीय कम्पनी जीएमआरद्वारा प्रवद्र्धित माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली खरिद गर्न बोर्डलाई अनुमति दिइसकेको छ। सोही आधारमा बोर्डले आशयपत्र जारी गरेको हो। यसबाट ९०० मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादन हुने विद्युत्मध्ये अधिकांश हिस्सा बंगलादेशमा निर्यात हुने गरी बजार सुरक्षित भएको छ।
बोर्डले भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड ९एनभीभीएन०मार्पmत बिजुली आयात गर्नेछ। आगामी तीन महिनाभित्र पीपीएमा हस्ताक्षर हुने अपेक्षा जीएमआरको छ। परियोजना विकास सम्झौतामा उल्लेख भएअनुसार नेपाल सरकारको सहयोगमा जग्गा अधिग्रहण, ‘राइट अफ वे क्लियरेन्स’लगायत विभिन्न प्रक्रिया पूरा भएपछि बोर्डसँग पीपीएमा हस्ताक्षर हुने बताइएको छ।
पीपीएपछि जीएमआरले एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी आयोजना निर्माण सुरु गर्नेछ। उसले सन् २००८ मा प्रतिस्पर्धाबाट लाइसेन्स लिएको थियो। यसको आयोजना विकास सम्झौता ९पीडीए० सन् २०१४ मा भएको थियो।
बंगलादेशले २५ वर्षसम्म करिब ३८ हजार १६० करोड टाका अर्थात् ५ खर्ब रुपैयाँबराबरको विद्युत् खरिद गर्ने योजना छ। यसका लागि पीपीएबापत प्रतियुनिट ७।७१७२ सेन्ट खरिददर तोकिएको छ। यसमा तल–माथि भने हुन सक्नेछ।
नेपालमा उत्पादित विद्युत् भारत हुँदै बंगलादेश जान प्रसारणलाइन उपयोग गरेबापत भारतले पनि ‘ह्विलिङ चार्ज’का साथै एनभीभीएनले केही रकम लिने भए पनि यसबारे टुंगो लागिनसकेको जीएमआरले जनाएको छ।
सहमतिपछि थप प्रक्रिया अघि बढेर आयोजना निर्माण भएपछि ९ सय मेगावाटमध्ये ५ सय मेगावाट जीएमआरले बंगलादेशमा बेच्नेछ। शर्माले भने, ‘बंगलादेशको माग र हाम्रो बिक्री क्षमता ५०० मेगावाट हो।’
त्यसैगरी जीएमआरले प्रतिस्पर्धाका आधारमा अनुमतिपत्र ९लाइसेन्स० प्राप्त गर्दा दिनुपर्ने १ सय ८ मेगावाट विद्युत् नेपालले निःशुल्क पाउनेछ। बाँकी जीएमआरले भारत वा बंगलादेशलाई बिक्री गर्नेछ।
आयोजनामा लाइसेन्सको सर्तअनुसार २७ प्रतिशत स्वपुँजी निःशुल्क पाउनेछ। जीएमआरले माथिल्लो कर्णालीबाट २५ वर्षसम्म बंगलादेशमा बिजुली बिक्री गर्न बंगलादेशले सहमति दिएको आयोजना प्रमुख शर्माले जनाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस