काठमाडौं-रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको समाचार आजको राजधानी दैनिकले प्राथमिकता साथ समाचार छापेको छ |
समाचार अनुसार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको सरकारी दाबी आइरहँदा विदेशबाट आउने पर्यटकले यहाँ गर्ने खर्चभन्दा बाहिर जाने रकम अत्यधिक रहेको देखिएको जनाएको छ | यस्तै, विदेशमा अध्ययनकै लागि भन्दै अर्बौं रुपैयाँ बाहिरिने क्रममा पनि कुनै कमी नआएको उल्लेख छ |
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६/७७ को चार महिना मंसिरअघिसम्म गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनको तथ्यांकले सो अवधिमा कुल ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको देखाएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमणलगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ । हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । जसका कारण नेपालबाट यति छोटो समयमै २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको जनाएको हो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस