गलकोट– जिल्लाको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्कनुभएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न थालेका हुन् ।
वैदेशिक रोजगारबाट सन्तुष्ट नभएका मगर आफ्नै घरमा दैनिक तरकारीखेतीमा काम गर्दा निकै सन्तुष्ट भएको बताउछन । उनको घर नजिकै आफ्नै बारीमा तीन हाइटेक प्रविधि तथा चार वटा बाँस प्रयोग गरेर बनाइएका टनेल छन् । टनेलमा अहिले गोलभेँडा, ब्रोकाउली, काउली, रायो साग, सिमी र मुला छन् । वैदेशिक रोजगारमा जाँदा अनेक ठक्कर खाए पनि गाउँमै आएर तरकारी उत्पादन गर्दा आम्दानी र सन्तुष्टि दुवै मिलेको उनको भनाइ छ । घर्तीका अनुसार, गलकोट क्षेत्रका अधिकांश युवा पलायन भएको सन्र्दभमा उहाँले गाउँ फर्केर तरकारी खेती गर्न थालेका हुन् ।
“विदेशमा १५ वर्ष बिताएँ, तरकारीखेती गर्न थालेको आठ वर्ष बितिसक्यो,” घर्तीले भने , “आफ्नै गाउँ ठाउँमा विदेशमा कमाउने गरेको भन्दा राम्रो कमाइ गर्न थालेको छु ।” उनले लाफा अर्गानिक ताजा तरकारी फर्ममार्फत अहिले वार्षिकरूपमा रु छ देखि सात लाख आम्दानी गर्दै आएको बताए । उनका अनुसार टनेल, थोपा सिँचाइलगायतका संरचनाका लागि हालसम्म रु १०÷१२ लाख लगानी भइसकेको छ । थापा परिवार पाल्न र सामान्य खर्चका लागि कसैको हात थाप्न नपरेको बताउनुहुन्छ । विदेशमा गरेको कमाइभन्दा स्वदेशमै आफ्नो परिवारको साथमा बसेर गरेको कमाइ धेरै भएको थापाको भनाइ छ ।
तरकारी व्यवसायलाई उहाँकी श्रीमती खिमकुमारी र बाबा वीरबहादुर घर्ती मगरले समेत सघाउँदै आएका छन् । सिँचाइको पर्याप्त सुविधा तथा उर्वर भूमिमा हाइटेक टनेल भएपछि बाह्रै महिना बेमौसमी तरकारी उत्पादन हुने कृषक मगरको भनाइ छ । उनले यही याममा मात्रै रु एक लाख बराबरको गोलभेँडा र काउली बिक्री गरिसकेको बताए ।
झण्डै रु एक लाख बराबरको तरकारी बजार पठाउने तयारीमा रहेको उनको भनाइ छ । मगरका अनुसार, आफ्नै जग्गा र आफैं श्रम गर्ने भएकाले शुरुको लगानी, प्राविधिक खर्च र मलबाहेक अन्य सबै आम्दानी बचत हुन्छ । मगरले बचतको रकमले लगानी विस्तार गर्दैसमेत जानुभएको छ । उनले सात टनेललाई वृद्धि गरेर १५ वटा पुर्याउने लक्ष्य राखेका छन् । उनलाई कृषि ज्ञान केन्द्र पर्वतले गत वर्ष दुई वटा हाइटेक टनेल अनुदानमा उपलब्ध गराएको थियो । उत्पादन भएको जैविक तरकारी नजिकैको हटिया बजारमा खपत हुँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस