तुलसीपुर- दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।
जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे भन्दै कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिए । उनका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ । दाङमा प्रतिव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक पर्ने गरेको उनको भनाइ छ । बचतका हिसाबले आठ हजार ४०१.८३ मेट्रिक टन बचत हुँदै आएको छ । प्रतिव्यक्ति ०.०१ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको सहायक सूचना अधिकारी चौधरीले जानकारी दिए ।
जिल्लामा अहिले उत्पादन हुँदै आएको खाद्यान्न बाहिरसमेत निर्यात हुने गरेको छ । कृषि पेशामा जिल्लाका नागरिक आत्मनिर्भर भइरहेको हुँदा यहाँ उत्पादित वस्तु बाहिर निर्यात हुने गरेको उनले बताए । अहिले जिल्लामा मुख्य खाद्यान्नका रूपमा धान, मकै, गहुँ, कोदो, जौ, फापर आवश्यकताभन्दा बढी उत्पादन हुँदै आएको छ ।
दाङको समथर भागमा विशेष गरेर अहिले धान उत्पादन हुने गरेको छ । माथिल्लो भेगमा कोदो, फाफर, जौ तथा देउखुरी क्षेत्रमा मकै बढी उत्पादन हुने गरेका ज्ञान केन्द्रले जानकारी दिएको छ । बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको जनाइएको छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्री–वितरण गर्दै आएको बताएका छन् । जिल्लामा खाद्यान्न बढ्दै गएको हुनाले भोलिका दिनमा पनि खाद्यान्नमा समस्या नहुने सहायक सूचना अधिकारी चौधरीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस