काठमाडौँ– मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक लगाइएको हो ।
विभागका महानिर्देशक डा मतिना वैद्यले विभागसँग भएको सम्झौता र अनुमतिलाई अवज्ञा गर्दै खान अयोग्य र अस्वस्थ खाद्यान्न तथा पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योग बन्द गरिएको जानकारी दिए । उनले बन्द गरिएका उद्योगको नाम दिन अस्वीकार गर्दै बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही गरिने बताए ।
नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा रु ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ ।
विभागले चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष १७९ उद्योगलाई नयाँ अनुज्ञापत्र, ५३० को नवीकरण, ५३५ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने सात हजार ७७२ लाई आयात अनुमति प्रदान गरेको र ४९ खाद्य पदार्थका अनुमति अस्वीकृत गरेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस