वीरगञ्ज– बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पुर्याएको छ ।
व्यवसायिकका अनुसार दुईदिनको झरीले करिव रु १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पुर्याएको छ । इँटा व्यवसायी सङ्घ बारा पर्साका महासचिव रवीन्द्रप्रसाद यादवले झरीले पोल्न तयारी अवस्थामा राखिएको इँटा नष्ट पारेको बताए ।
उनले भने , “एक महिनादेखि मजदूर लगाएर काँचो इँटा बनाउन लगाएका थियौँ । बेमौसमी झरीको कारण पोल्न राखेको सबै इँटा गलेर नष्ट भएको छ । आर्थिक समस्या आइपरेको छ । ”
यी दुई जिल्लामा करिब २०० इँटा उद्योग रहेका छन् । इँटा गलेर नष्ट भएपछि आर्थिक समस्या भोग्नुपरेको व्यवसायीको गुनासो रहेको छ । मजदूरलाई काम गर्नुपूर्व नै भुक्तानी दिनुपर्ने कारण समस्या परेको उनीहरुले जनाएका छन् । भारतका विहार, उत्तर प्रदेश लगायत क्षेत्रबाट काम गर्न मजदूर उद्योगमा आउने गर्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस