दमौली– तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो ।
नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालीम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिए ।
रु १७ हजार ५०० पर्ने उक्त मेसिनका लागि नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ भने सम्बन्धित महिलाले ३० प्रतिशत लगानी गरेका छन् । महिला लक्षित कार्यक्रमअन्तर्गत ती महिलालाई दमौलीस्थित निखिल ढाका कपडा उद्योगमा १० दिनको तालीम प्रदान गरिएको थियो । तालीमप्राप्त महिलालाई व्यावसायिक बनाउन मेसिन प्रदान गरिएको नगर उपप्रमुख आशा थापाले जानकारी दिइन । उपप्रमुख थापाले भनिन , “यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुभक्तीय टोपी उत्पादनका लागि सहयोग पुग्नेछ ।”
मेसिन प्राप्त गरेका महिलाले उत्पादन गरेको भानुभक्तीय टोपीको बजार व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख उदयराज गौलीले बताए । उनका अनुसार यहाँ उत्पादित टोपी जिल्ला समन्वय समितिसँग सहकार्य गरेर जिल्लाका अन्य स्थानीय तहमा पनि बिक्री वितरणको व्यवस्था मिलाउन पहल गरिनेछ ।
भानु नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विद्यालय, सङ्घसंस्थालगायतमा भानुभक्तीय टोपी अनिवार्य गर्न लागेको छ । त्यसको शुरुआत भानु नगरपालिकाले आफ्नै कार्यालयबाट असार १ गतेदेखि शुरु गरे पनि अहिले कर्मचारी एवं जनप्रतिनिधिले नै उक्त टोपी नलगाउने गरेको गुनासो आउन थालेको छ ।
“औपचारिक कार्यक्रममा मात्रै भानुभक्तीय टोपी लगाउने र अरु बेला नलगाउने गरेको गुनासो आएको छ,” सामाजिक शाखा प्रमुख लौडारीले भने , “सबैलाई भानुभक्तीय टोपी अनिवार्य गर्ने विषयमा छलफल भइरहेको छ ।” पहिला खरीद गरिएको टोपी बाक्लो भएकाले गर्मी मौसममा टोपी लगाउन समस्या परेको लौडारीले बताए । “अब पातलो र सहजरूपमा लगाउन मिल्ने खालका टोपी भानुमै उत्पादन हुन्छ”, उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस