काठमाडौं – पछिल्लो समय बढ्दो क्रममा रहेको प्याजको भाउ शनिबार भने थोक मुल्यमा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन अर्थात शुक्रबार कालीमाटी फलफुल तरकारी बजारमा १८५ रुपैयाँ थोक मुल्यमा विक्रि भएको प्याजको मुल्य शनिबार १५५ रुपैयाँमा झरेको हो ।
थोक मुल्यमा प्रतिकेजी ३० रुपैयाँले प्याजको मुल्य घटेसँगै खुद्रा मुल्यमा पनि कमी आएको छ । यसअघि प्याजको खुद्रा मुल्य २३० देखि २५० रुपैयाँ प्रतिकेजी पुगेको थियो । शनिबार भने प्याजको खुद्रा मुल्य १९० रुपैँयामा कारोबार भएको कालीमाटी फलफुल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए ।
प्याजको मुल्य बढेसँगै आम उपभोक्ताले किन्न छाडेका थिए भने व्यापारीले पनि विक्रि गर्न समेत छाडेका थिए । प्याजको मुल्य बढेसँगै उपभोक्ताले किन्ने कम गरेपछि मुल्य घटेको फलफुल तथा तरकारी विकास केन्द्रका प्रमुख भरतबहादुर आचार्यले जानकारी दिए ।
उनले भारतबाट आयात कम हुने वित्तिकै मुल्य बढ्नु स्वभाविक रहेको बताए । उनका अनुसार, प्याजको मुल्य अझ केही घट्न सक्ने सम्भावना छ ।
स्वदेशमा प्याजको उत्पादन बढाउनुपर्ने उनको तर्क छ । विगतमा सरकारले प्याजमा आत्मनिर्भर हुने भन्दै प्याज मिसन कार्यक्रम चलायो । ,तरपनि अपेक्षित रुपले उत्पादन बढाउन नसक्दा बर्षेनी भारतबाट आयात गर्नुपरेको सरकारी कर्मचारी नै बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस