काठमाडाैं-संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रूचाइन थालिएको छ ।
नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ । महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ\सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए ।
झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उनले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको बताए । नेपालमै तरकारी अभाव भएकाले माग अनुसारको पठाउन नसकिएको उनको भनाइ छ ।
भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उनले बताए ।
उनले भने, ‘नेपालमा एक त तरकारी महँगो छ, त्यसमा पनि उत्पादन कम छ, त्यही भएर मागअनुसार पठाउन सकिएको छैन । यदि सरकारले सहयोग ग¥यो भने दैनिक चार–पाँच हजार मेट्रिक टन पठाउने उहाँले दाबी गर्नुभयो ।’
त्यहाँका मलमा नेपाली तरकारी भनी ‘लेबल’ राखेर नै बेचिरहेको देख्दा खुसी लागेको बताउँदै उनले वैशाखदेखि १० हजार मेट्रिक टन तरकारी कतार लैजाने तयारी भइरहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस