काठमाडौं – जनता बैंकबाट २० लाख रुपैयाँ चोरी गरेको समूहले मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरेको पुष्टि भएको छ ।
महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले अनुसन्धानका क्रममा मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरी गरेको अनुसन्धानका क्रममा भेटिएको जानकारी दिए ।‘अनुसन्धान गरिरहेका छौं, केही समय अगाडि १० लाख रुपैयाँ चारी भएको जानकारी प्राप्त भएको छ’ उनले भने ।
मुक्तिनाथ विकास बैंकले अनौपचारिक रुपमा अनुसन्धानको क्रममा रहेको प्रहरीलाई आफ्नो बैंकबाट समेत १० लाख रुपैयाँ चोरी भएको जानकारी गराएको थियो ।पक्राउ परेकाबाट प्रहरीले प्रहरीले ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक गरी ६ वटा बैंकका ग्राहकको नक्कली चेक समेत बरामत गरेको छ ।
प्रहरीले गिरोहसँग साथै, विभिन्न व्यक्तिहरुको फोटो ८२५ थान, विभिन्न व्यक्तिहरुको नाममा रकम उल्लेख गरी गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैंकबाट व्यक्तिका नाममा जारी भएका ३२९ थान चेक र अन्य बैंकसँग सम्बन्धित विभिन्न कागजपत्र अन्दाजी २ बोरा बरामत गरेको छ ।
प्रहरीले विभिन्न व्यक्तिका नाममा जारी भएको एनआईसी एसियाको काटिएको ६८ थान चेक र ८२ थान एटीएम बरामत गरेको छ भने अन्य बैंकको ७ वटा एटीएम बरामत गरेको छ ।त्यस्तै, माछापुच्छ्रे बैंकको १७ थान नकाटिएको र २ थान काटिएको चेक, एभरेष्ट बैंकको २० थान नकाटिएको र ३ थान काटिएको चेक बरामत गरेको छ ।
साथै, जनता बैंकको ४१ थान काटिएको र १६ थान नकाटिएको चेक, ज्योति विकास बैंकको एक थान चेक, मुक्तिनाथ विकास बैंकको ४१ थान काटिएको र एकथान नकाटिएको चेक बरामत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस