काठमाडाैं-लगानी थप गर्न बुध्द एयरले दीर्घकालिन ऋण अन्तर्गत १ करोड ७१ लाख अमेरिकी डलर (१ अर्ब ८८ करोड रुपैयाँ) र ६२ करोड ९२ लाख रुपैयाँ ऋण गरी साढे २ अर्ब रुपैयाँ ऋण लिन लागेको छ ।
एयरलाइन्समै लगानी थप गरेर बुध्द एयर खरो प्रतिस्पर्धामा उत्रिने भएको छ । अन्तर्राष्ट्रिय उडान थप्ने घोषणाबाट पछि हटेर कम्पनीले आन्तरिक उडानमै खरो उत्रिने रणनीति बनाएको हो । यो कम्पनी व्यवसायी बीरेन्द्रबहादुर बस्नेतको लगानीमा सञ्चालित छ ।
बुध्द एयरले आन्तरिक उडानतर्फ अहिले ४८ प्रतिशत बजार हिस्सा ओगटेको छ । सन् २०१६ मा बद्ध एयरको बजार हिस्सा ५८ प्रतिशत थियो ।
कम्पनीले सन् २०१९ मा ६ अर्ब ७३ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी हुने प्रक्षेपण गरेको छ । कम्पनीले सन् २०१८ मा ६ अर्ब ८ करोड आम्दानी गरेको थियो । त्यस्तै, सन् २०१७ मा ५ अर्ब ७९ करोड ४० लाख र सन् २०१६ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले सन् २०१९ मा संकलन गरेको कुल आम्दानीमध्ये ३९ प्रतिशत रकम २ वटा रुटबाट मात्रै संकलन गरेको छ । जसमा काठमाडौं-पोखरा र काठमाडौं-विराटनगर छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस