काठमाडौं- पोखरा उपमहानगरपालिका र दक्षिण कोरियाको ग्यांवोन प्रान्तको हरित टेक्नोलोजी केन्द्र (जिटिसी)बीच पोखरामा हरितगृह सम्बन्धि परियोजना सञ्चालन गर्न सम्झौता भएको छ।
दक्षिण कोरियामा आयोजित विश्व कार्बन फोरम–२०१९ का अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र ग्यांवोन प्रान्तका तर्फबाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युंग्ग नाम सिनले हस्ताक्षर गरेका हुन्।
सम्झौतापत्रमा पोखरा क्षेत्रमा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिइएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वकीय सचिवालयले जनाएको छ ।
समझदारी पत्रमा पोखरालाई स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट सहरका प्रविधिको प्रयोग, इ मोबिलिटी, वैज्ञानिक खोज, अध्ययन अनुसन्धान तथा पोखराको संस्थागत विकासका लागि कार्य गर्ने उल्लेख छ ।
हरित टेक्नोलोजी केन्द्रले यसअघि भुटान ,युगान्डा लगायतका देशमा गरेका परियोजनाहरु सफल छन् ।
सम्झौतापछि तीन वटै पक्षबीच विश्वमा बढिरहेको कार्बन उत्पादन र हरित गृह ग्यासको प्रभाव कम गराउन परियोजना अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
त्रिपक्षीय सम्झौता पछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपालमा लगानी मैत्री वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले नेपाल हरित गृह ग्यासको उत्पादन कम गर्न प्रतिबद्ध रहेको बताए ।
यस परियोजना सफल भएपछि पोखराको यातायात गुरु योजना तयार भई कार्यान्वयनको चरणमा प्रवेश गर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस