पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिकामा महिलाहरुलाई लक्षित गरी संचालित २ महिने ढाका बुनाइ तालिम सम्पन्न भएको छ महिलाहरुलाई स्वरोजगार तथा आय आर्जनको सिप विकास गर्ने लक्ष्यका साथ फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोग र नेपाल जनउद्धार संघ सुभाङको आयोजनामा तालिम संचालन गरिएको थियो ।
नेपाल जनउध्दार संघका अध्यक्ष बालकृष्ण ओझाको अध्यक्षता तथा गाउँपालिका कार्यवाहक अध्यक्ष देवित्रा कुमारी आङ्देम्बेको प्रमुख आतिथ्यमा तालिम समापन भएको थियो ।
मंगलवार भएको समापन कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री,लेखा अधिकृत चन्द्रकुमार योङ्हाङ्ग,गैरसरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष नन्द नेम्बाङ,फाक्तेप आयुर्वेदिक औषधालयका प्रमुख राजु पराजुली,वेलफेयर प्रतिनिधि डोलकुमारी सुनुवार,पत्रकार महासंघ प्रदेश न.१ का सदस्य गणेश साङ्पाङ्ग,संघका निर्देशक क्षोमाया तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समापन मन्तव्यमा प्रमुख अतिथि आङ्देम्बेले ढाकाका हातवुना सामानबाट फाल्गुनन्द गाउँपालिकालाई देशविदेशमा चिनाउन सवैले लागि पर्नुपर्ने भन्दै यस्ता खाले सिपमुलक कार्यक्रमहरुलाई आगामि दिनमा समेत गाउँपालिकाले प्राथमिकतामा राख्ने वताईन् ।
तालिममा टाइ,मफलर,साडी, कुर्ता सुरुवाल,रुमाल,कुर्ती,मेख्ली,बर्की चौबन्दी चोली, टोपी,कोट लगायतका विभिन्न प्रकार सामान र यसमा १२ प्रकारका बुट्टाका किसिम सिकाईएको थियो । गाउँपालिका भित्रका १३ जना महिलाको सहभागिता रहेकोे उक्त तालिममा सीता आर्यालले प्रशिक्षण गरेकी थिइन् ।
नेपाली तथा विदेसिहरुको लागि लोकप्रिय बन्दै गएको ढाका निर्मित सामानहरु उपहारका रूपमा बढी चल्ने गरेको छ ।
युरोपियन मुलुक,अमेरिका,भारतीय सेनामा गएका नेपाली , सिक्किम,दार्जिलिङ तथा विश्वको धेरै मुलुकमा नेपाली ढाका वुनाईका सामाग्रीहरु जाने गरेको वताइन्छ ।
समुदायको मागमा आधारीत भएर संघले आय आर्जनका यस्ता विभिन्न कार्यक्रमहरुमा आगामि दिनमा समेत काम गर्ने अध्यक्ष ओझाले वताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस