पाँचथर, असार १९
पाँचथर जिल्लामा कफी खेतीको सम्भावना उच्च रहेको पाइएको छ । यहाँको माटो हावापानीलाई ध्यानमा राखेर स्थानीय निकायहरुले कफी खेतीलाई वैकल्पिक आम्दानीको स्रोतको रुपमा स्थापीत गर्न लगानी नै गर्न सुरु गरेका छन् ।
जिल्लाको तुम्वेवा गाउँपालिकाले गाउँपालिकामा कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रुपमा स्थापित गर्न आर्थिक वर्ष २०७५र०७६ मा २० लाख रुपैयाँ विनियोजन गरेर वेर्ना उत्पादन कार्य सुरु गरेको गाउँपालिकाका उपप्रमुख धन साँवाले वताए । उनका अनुसार यसलाइ आगमि आर्थिक वर्षमा समेत निरन्तरता दिइने छ ।
गाउँपालिकाले कफी खेतीमार्फत समृध्दिको आधारशिला खडा गर्न महत्वपूर्ण क्षेत्रको रुपमा नितिगत निर्णय नै गरेर लगानीमा जुटेको उप प्रमुख साँवाले वताए ।
यस्तै जिल्लालको फिदिम नगरपालिका, याङवर,हिलिहाङ,मिक्लाजुङ, फालेलुङ,फाल्गुनन्द सहितका सवै स्थानीय निकायहरुमा कफी खेतीको सम्भावना प्रसस्तै रहेको वताइन्छ ।
प्रचुर सम्भावना वोकेको नगदे वालिको रुपमा स्थापित कफीलाई व्यवसायीक ढंगले प्रवर्धन गरेर लगेको खण्डामा समृध्दिमा टेवा पुग्नेमा विश्वस्त रहेको जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटा वताउँछन् । सो कुरा हालै पाँचथरको सदरमुकाम फिदिममा भएको कफी सम्वन्धि छलफल तथा अन्तकृया कार्यक्रममा सो कुरा वताइएको हो ।
नेपालमा कफीको उत्पादन राम्रो र गुणस्तरीय मानिने र विश्व वजारमा राम्रो र गुणस्तरीय सामाग्रीको वजार समेत उच्च भएको चिया तथा कफी विकास वोर्डका उपनिर्देशक लक्ष्मणप्रसाद पोख्रेलले वताए । उनका अनुसार नेपालको कफीको आन्तरीक र वाह्य रुपमा १५ हजार मेट्रीक टन माग भएपनि देसमा उत्पादित १५ सय मेट्रीक टन मध्ये ५ सय १३ मेट्रीक टन मात्र निर्यात भएकोे तथ्याङकले पनि कफीको वजार राम्रो भएको तथ्याङक पेश गरे । अन्य कफी आन्तरीक वजारमै खपत भएको पाइन्छ ।
नेपालवाट चालु आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा ७३ हजार ८ सय केजी कफी जापान, अमेरिका लगायत बाहिरी मुलुकहरूमा निर्यात भएको छ । त्यसबाट ८ करोड ६३ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालमा ६२ जिल्लाका ४ सय २४ स्थानीय निकायहरुमा कफी खेतीको सम्भावना छ । नेपालमा व्यावसायिक कफी खेती सर्वेक्षण २०७५÷०७६ मा ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यवसायिक कफी खेती मानिएको छ ।
नेपालमा १२ लाख हेक्टर कफी खेतीको लागि सम्भावित क्षेत्र पहिचान भएर ३२ हाजर किसानले २ हजार ६ सय ५० हेक्टर जमीनमा कफि लगाएको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ ।
खास गरी प्रदेश १, ३, ५ र गण्डकीमा कफीको व्यावसायिक खेती हुँदै आएको छ । ती मध्ये प्रदेश ३ मा सबैभन्दा बढी वार्षिक ७ सय ५७ मेट्रिक टन कफी उत्पादन भएको छ ।
प्रदेश ३ का १० जिल्लाहरुमा व्यवसायिक रूपमा कफी खेती हुने गरेको सर्वेक्षणले देखाएको छ । ती मध्ये सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा र सबैभन्दा कम मकवानपुर जिल्लाका किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन् । यसका अलावा गण्डकी प्रदेशका ८ जिल्ला, प्रदेश ५ का ४ जिल्ला,प्रदेश १ का १० जिल्ला कफी खेतीको लागि प्रचुर सम्भावना भएपनि युवा पुस्तालाई आकर्षण गर्न नसकिएको कफी खेतीका सहजकर्ता गौरव लुईटेलको वुझाई छ ।
उनका अनुसार किसानलाई गुणस्तरीय कफी खेती गर्न प्राविधिक सेवा, सिँचाइको सुविधा, सहज तथा सहुलियतपूर्ण ऋण, मल, विउ उपलव्ध गराउन सके कफीको उत्पादन राम्रो भई अर्थतन्त्रमा समेत टेवा पुग्ने वुझाई छ ।
कफीको विश्ववजारको मागलाई ध्यानमा राखेर यसको गुणस्तरीय उत्पादनमा जोड दिन सवै पक्षको कार्यगत एकता हुनुपर्ने भन्दै कार्यालयको तर्फवाट प्राविधिक सेवामा कमी हुन नदिने लालिखर्क चिया तथा कफी विकास वोर्ड चिया विस्तार आयोजनाका प्रमुख प्रेमकुमार थिङले वताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस