काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् ।
बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए ।
भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उहाँले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताएका छन् ।
महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उनले हिंसा, बलात्कारका घटना हुन नदिन र भएमा तत्काल दोषी पहिचान गरी कानूनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकिएको बताए ।
महिला कानून व्यवसायीले सो घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । विसं २०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या भएकामा दोषी अहिलेसम्म पहिचान हुन नसकिरहेका बेला गत माघ २२ गते बैतडीकी भट्टको पनि बलात्कारपछि हत्या भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस