काठमाडौँ – काठमाडौँमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५० लाख ठगी गरेको छ । उक्त समूहले काठमाडौँको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेंलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाको टोलीले ठगी गरेको आरोपमा छ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका– १६ बस्ने काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, काठमाडौँ तार्केश्वर नगरपालिका– ५ शान्तिटोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषमान घले, मेख तामाङ, जेरी तामाङ, राज तामाङ र काठमाडौँ महानगरपालिका ताहाचल बस्ने झापाका अभयकुमार चौधरी रहेका छन् ।
यही माघ ११ गते उक्त सुन जस्तो देखिने एक किलो पहेंलो धातु सक्कली सुन हो भन्दै उक्त ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले रु नौ लाख ५० हजार नगदसहित ठगी गरेको रकमबाट खरीद गरेको मोटरसाइकल र पाँच वटा मोबाइल बरामद गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस