बीरगञ्ज – कोेरोना विरुद्धको प्रभावकारी औषधि रेम्डिसिभिरको अवैध आयात गरी कालोबजारी गरेको आरोपमा वीरगञ्जमा एक जना भारतीय सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना संक्रमितलाई प्रभावकारी हुने गरेको औषधि रेम्डिसिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेर कालोबजारी गरेको आरोपमा एक जना भारतीय नागरिक सहित वीरगञ्जमा अस्पतालका टेक्निसियन ताहिर अंसारी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले कोभिड संक्रमितहरुका लागि प्रभावकारी हुने गरेको औषधी रेम्डेशिभिर अवैध आयात गरी चर्को शुल्कमा बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् ।
बीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बिरामीको परिवारसँग औषधि मिलाई दिन्छु भन्दै शनिबारसम्ममा अंसारीले एक लाख ९८ हजार रुपियाँ असुल गरेको आरोपमा पर्सा प्रहरीले टेक्निसियन अंसारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राऊ परेका टेक्निसियन अंसारी बीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा कार्यरत रहेका छन् ।
पर्सा प्रहरीले शनिबार टेक्निसियन अंसारीलाई ६ डोज र आईतबार एक भारतीय नागरिकलाई तीन डोज गरी नौ डोज औषधि सहित पक्राऊ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।
गत साउन ३२ गते नारायणी बयोधा भर्ना भएका उक्त बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।
मुटुका दीर्घरोगी उक्त बिरामीको बाईपास सर्जरी समेत भईसेकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार जीवन रक्षक रेम्डिसिभिर मिलाईदिने भन्दै डा. अंसारी बिरामीसँग थप रकम असुल्ने दाउमा थिए । स्रोतका अनुसार वीरगञ्जका धेरै जना चिकित्सक र स्वास्थ्यकर्मीहरु रेम्डिसिभिर औषधीको कालोबजारीमा संलग्न रहेका छन् ।
सरकारले उक्त औषधी एक थान औषधिको सात हजार ६०० नेपाली रुपैँयामा उपलब्ध गराउने जनाएको छ । अवैध कारोबारीहरुले रेम्डेशिभिर औषधीको एक डोजको ४० देखि ५० हजार रुपियँयामा बेच्दै आएका थिए भने भारतमा यो औषधि को पाँच हजार भारु पर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस