रुकुम – सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् ।
बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत वर्ष २०७६÷७७ को बजेटबाट रु २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।
विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरुले गाउ“पालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो ।
अहिले जिल्ला प्रशासन कार्यालयले छानबिनसमेत थालेको छ । रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन् । रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उनले बताए । कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ”, उनले भन्नुभयो, “कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ, अनुसन्धान भइरहेको छ ।”अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउ“सो थप अनुसन्धान गरिने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस