भद्रपुर- बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई रु चार लाख ४५ हजार जरिवाना गरिएको छ ।
बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिएका छन् । उनले उपभोक्ता संरक्षण ऐन २०७५ मा तोकिएको सबैभन्दा न्यून अङ्कमा साङ्केतिक कारवाहीस्वरुप रु छ हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको बताएका छन् ।
जिल्लाका १५ स्थानीय तहका १५५ पसलमा जिल्ला आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन समितिले अनुगमन गर्दा सबैभन्दा बढी गौरीगञ्ज गाउँपालिका वडा नंं २ मा सञ्चालित रविन खरिद बिक्री केन्द्रका सञ्चालक रविन पोद्दारलाई रु एक लाख जरिवाना गरेको थियो ।
उनले विषादीयुक्त गहुँको बीउ धोइपखाली गलत उद्देश्यले खाद्यान्नका रूपमा व्यापारिक प्रयोग गरेको अभियोगमा समितिले सो जरिवाना गरेको उनको भनाइ छ ।
कोभिड–१९ को सङ्क्रमण फैलिएको अवस्थामा मौका छोपी कालोबजारी र उपभोक्ताको अहित गर्ने उद्योगी तथा व्यापारीमाथि झापामा पहिलोपटक यति धेरै रकम जरिवाना गरिएको उनको भनाइ छ ।
समितिले केन्द्रको गोदाममा छापा मार्दा धोइपखाली गरेर बेच्नका लागि तयारी गरिएको विषादीयुक्त सात बोरा (२८० केजी) गहुँको बीउ बरामद गरी जनप्रतिनिधि र प्रशासनको रोहवरमा आगो लगाइ नष्टसमेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस