हेटौंडा-मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलि ग्राम सुन सहित भारत कर्नाटक बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ।
मंगलबार बिहान हेटौंडा-१५ रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुन सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।अब्दुलले उक्त परिणामको सुन फलामको बेरुङगमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी उनलाइ सुन सहित सार्वजनिक गरेको छ। उक्त परिणामको सुनको नेपाली बजार मुल्य रु ४ करोड २७ लाख अन्ठाउन्न हजार रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बताएका छन्।
उनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस