जनकपुरधाम-नक्कली (ड्राइभिङ्ग लाइसेन्स )सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ बस्ने रुबी मिश्र रहेका छन्। गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका-१२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र फेला पारेको थियो। सवारीचालक अनुमतिपत्र नक्कली पाएपछि ट्राफिक प्रहरीले आवश्यक कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको थियो।
जनकपुरधाम उपमहानगरपालिका-९ का चन्दन मिश्रले रु. ५ हजारमा सो अनुमतिपत्र बनाइदिएको कुशवाहाले बताएपछि प्रहरीले छानविनको क्रममा चन्दनकी आमा रुबी मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्। सो कार्यमा उनको संलग्नता देखिएपछि जिल्ला अदालत धनुषाबाट थप अनुसन्धानका लागि प्रहरीले चार दिनको म्याद लिएको छ।
रुबीले रु ६० हजारसम्म लिएर सरकारी छापसमेत किर्ते गरी नक्कली सवारी अनुमतिपत्र बनाउने गरेको चार वटा उजुरी परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। रुबीले आफ्नै छोरा चन्दनमार्फत सवारी अनुमतिपत्र चाहिने व्यक्ति खोजेर नक्कली अनुमतिपत्र बनाइ बेच्ने गरेको अनुसन्धानबाट देखिएको कार्कीले जानकारी दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस