तनहुँ -नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय संदस्य पूर्वमन्त्री मीनेन्द्र रिजालको बाटो छेकेका छन्।
तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि आएका रिजाललाई नेकपाका कार्यकर्ताले बाटो छेकेर अभद्र व्यवहार गरेका हुन्।
गाउँपालिकाको बैठकले सर्वसम्मतिमा भवनको उद्घाटनका लागि ल्याउने निर्णय गरे पनि आइतबार नेकताका कार्यकर्ताले रुख ढालेर आफूलाई कार्यक्रम स्थलसम्म जान रोक्ने प्रयास गरेको रिजालले देश सञ्चारलाई बताए।
उनले भने, ‘कार्यक्रम स्थलमा जान नदिन सात/आठ ठाउँमा रुख ढालिएको रहेछ। नेकपाका कार्यकर्ता मलाई आक्रमण गर्न लाठी, वियरका बोतल लिएर आए। करिब तीन घण्टा मेरोबाटो छेकेपछि हामीले पनि प्रतिरोध गरेपछि उनीहरु पछि हटे।’
बाटो अवरोध गर्न ट्रयाक्टरसमेत सडकमा तेस्र्याइएको कांग्रेस दाबी गरेको छ। रिजालले प्रहरीले समेत नेकपाका लाई साथ दिएको आरोप लगाए। घटनाको भत्सना गर्दै रिजालले भने, ‘संविधान र लोकतन्त्रमाथि कहीँबाट खतरा छ भने सरकार र नेकपाबाट छ। उसले संविधानले दिएको अधिकारसमेत उल्लंघन गर्न उद्दत भएको छ।’
घटनाप्रति खेद व्यक्त गर्दै नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मण्डले चरित्र नेकपाले देखाएको आरोप लगाएका छन्।
विज्ञप्ति जारी गर्दै पौडेलले भने, ‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु । सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन्।’
पौडेलले यस्ता घटनाको विरोधमा देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। ‘सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ, वरिष्ठ नेता पौडेलले भनेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस