पाँचथर, असार२९
हिलिहाङ–६, भारपाको सिटे जंगलमा भएको सुजाता तामाङको हत्यारालाई बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको छ । हत्यामा संलग्न सोही स्थान बस्ने घनेन्द्र लाओती बालक भएकाले जिल्ला अदालत पाँचथरका न्याधिश मनोज के.सी.को इजलासले उनलाई बाल सुधार गृह पठाउन आदेश दिएको हो ।
हत्यामा संलग्न लाओतीले आफू १७ बर्ष मात्र पुगेको बयानको क्रममा बताएका थिए । उनको जन्मदर्ता प्रमाण–पत्र र उनले अध्ययन गरेको विद्यालयको प्रमाण–पत्र हेर्दा उनी १७ बर्ष सात महिना मात्र पुगेको देखिएको जिल्ला अदालतले जनाएको छ । बालबालिका सम्बन्धि ऐनको दफा २४ अनुसार उनलाई बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको हो ।
निज लाओतीले इलाम माईजोगमाई–५, सोयाककी २१ बर्षिया तामाङको असार ३ गते जंगलबीचको बाटोमा घाटि रेटि हत्या गरेका थिए ।
तामाङ गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत थिइन् । उक्त दिन उनी हिलिहाङ–६, मा माइक्रोफाइनान्सको दुई वटा समूहको बैठक सकेर कार्यालय फर्किरहेकी थिइन् ।
लाओतीले तामाङको हत्या गरी सुजाताको साथमा रहेको समूहका सदस्यबाट संकलित ८१ हजार सात सय रुपैंयाँ समेत लुटेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस