सोल – दक्षिण कोरिया स्थित उल्सान प्रहरीले एक ब्यक्तिलाई चुरोट पिएको आरोपमा पक्राउ गरेको छ ।
२० बर्ष माथिको उमेरका उनलाई एक पिसी क्याफेमा बसि करिव १०० वटा भन्दा बढी चुरोट एकैपटक पीएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार क्याफे सञ्चालकको उजुरी पश्चात उनलाई पक्राउ गरिएको हो । आफ्नो क्याफेको धुम्रपान गर्ने क्षेत्रमा एक्कासी धुँवाको मुस्लो देखेपछि आफू अवलोकन गर्न जाँदा उनले दुबै हातले चुरोट तानिरहेको देखेको सञ्चालकले बताएका छन् । उनले प्रायोजित रुपमा आफ्नो क्याफेमा आगलागी गराउन लागेको आशंकामा प्रहरीलाई खबर गरेको बताएका छन् ।
यता पक्राउ परेका ती ब्यक्तिले भने आफूले आफ्नो युट्युब च्यानलमा हाल्ने भिडियो कन्टेन्टका लागि चुरोट पिएको बताएका छन् । उनले ६/७ बट्टा चुरोट एकसाथ खोलेर पिउन थालेका थिए र उक्त कक्षबाट आगलागी जस्तै गरि धुँवा आइरहेको प्रहरीले बताएको छ ।
हाल उनी प्रहरी नियन्त्रणमा रहेको र उनी माथि अनुमति बिना अरुको सम्पत्ति उपयोग गरेको आरोपमा मुद्दा लगाइने प्रहरीले बताएको छ । दक्षिण कोरियामा ब्यवसायिक प्रयोजनका लागि अरुको सम्पत्ति प्रयोग गर्दा अनिवार्य खर्च तिर्नु पर्ने समेत प्रहरीले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस