टोकियो- स्थानीय सरकारले त्यहाँका किशोर किशोरीहरुका लागि भिडियो गेम तथा स्मार्ट फोनको प्रयोग सम्बन्धी नयाँ नियम लागु गरेपछि स्थानीय एक वालकले सरकार विरुद्ध मुद्दा दर्ता गराएका छन् ।
१७ बर्षिय ती बालकले लामो समयसम्म खेल्न पाउनु पर्ने र त्यो आफ्नो व्यक्तिगत अधिकार भएको भन्दै मुद्दा दर्ता गराएका हुन् ।
जापानको कागावा प्रान्त सरकारले वालवालिकाहरुको खेल्न पाउने अधिकार माथि प्राहार गरेको बताउदै एक कानुन व्यवसायी तथा आफ्नी आमाको सहयोगमा मुद्दा दर्ता गराएका हुन् ।
कागावा सरकारले किशोर किशोरी तथा विद्यालय उमेर समुहका सम्पुर्ण बालबालिकाहरुलाई लक्षित गर्दै मोवाइल तथा भिडियो गेम प्रयोगमा कडाई गर्न थालेको छ ।
सरकारले विद्यालय समयमा दैनिक अधिकतम १ घण्टा तथा विदाका दिनहरुमा अधिकतम डेढ घण्टा मात्र भिडियो गेम खेल्न भनेको छ ।
सरकारले १२ देखि १५ बर्ष उमेर समुहका वालवालिकाहरुलाई बेलुका अधिकतम ९ बजे सम्म तथा १५ देखि १८ बर्ष सम्मका किशोर किशोरीहरुका लागि अधिकतम १० बजेसम्म मात्र स्मार्ट फोनको प्रयोग गर्न दिने भनेको छ ।
सरकारले जारि गरेका माथि उल्लेखित निर्देशिका अनिवार्य नरहेको तथा भिडियो गेम तथा स्मार्ट फोनको प्रयोगको नियमन परिवारबाट नै गरिनु पर्ने पनि सरकारले भनेको छ ।
वातारु नाम गरेका ति वालकले खेल मैदानमा आफूहरुलाई प्रवेश नै नदिने, खेल्नै नदिने अनि सरकारले पनि आफ्नो खेल्न पाउने अधिकारमा अंकुश लगाएको बताउदै उनले आफूले सरकारको सो कदम सच्याउन दवाव दिएको बताएका छन् ।
उनले आफू सहित ६०० जना अन्य साथिहरुको हस्ताक्षर समेत संकलन गरेका कारण यो लडाइमा आफू एक्लो नभएको प्रतिकृया समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस