टोकियो- जापानको मियागी प्रान्त स्थित सेन्डेयी जिल्ला अदालतले एक २६ बर्षीया महिलालाई उनकी छोरीको हत्या आरोपमा १० बर्ष जेल सजाय सुनाएको छ ।
समाचारमा जनाइए अनुसार ती महिलाको लापरवाहीका कारण बालीकाको ज्यान गएको ठहर गर्दै अदालतसे सो फैसला गरेको हो ।
अदालतका एक अधिकारी रिया छुचियाका अनुसार ती महिलाले आफ्नी २ बर्षीया छोरीलाई गत वर्ष जुज २१ तारिख पछि ९ दिन सम्म निरन्तर एक्लै घरमा छाडेकी थिइन् ।
सो विचको समयमा उनी आफ्ना पुरुष साथिको घरमा बस्न गएकि थिइन् । सोही महिनाको २७ देखि ३० तारिखको विचमा ति वालीकाको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वारमा काम गर्ने ति महिला बच्चा जन्मे लगत्तै बच्चासँग बस्न चाहादिन थिन् । तर पनि घरमा आमा छोरी मात्र रहेका थिए ।
बच्चाको मृत्यु पश्चात उनी आफैले प्रहरीलाई ११९ मा फोन गरेर घटना बारे सूचना दिएकि थिइन् । प्रहरीले स्थानीयसँग पनि घटना बारे जानकारी लिएको थियो । स्थानिय, प्रतिवादी तथा घटनास्थलवाट प्राप्त सबुतहरुको आधारमा अदालतले उक्त फैसला लिएको अदालत श्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस