काठमाडौं-ज्वालामुखीका पनि अनेक प्रकारका फाइदा हुन्छन् । ज्वालामुखीको नाम सुन्दा या यसलाई हेर्दा जति भयानक देखिन्छ, केही हदसम्म यो पृथ्वीको लागि फाइदाजनक पनि छ ।
अमेरिकाको हवाई राज्यमा रहेको ‘किलुआ’ नामक एक सक्रिय ज्वालामुखीको भयावह स्थितिको सहजै कल्पना गर्न सकिन्छ । तर यदि तपाईलाई ज्वालामुखीले विनाश मात्रै गर्छ भन्ने लाग्छ भने तपाई भ्रममा हुुनुहुन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर आगोको मुस्लो र निकै तातो लाभा वाक्ने ज्वालामुखीले पृथ्वीलाई चिसो पनि बनाइरहेको हुन्छ ।
आगो वाक्ने यी भयानक ज्वालामुखी अश्चर्यजनक रुपमा पृथ्वीलाई चिसो राख्नमा सहयोगीको भूमिका निर्वाह गरिरहेका हुन्छन् । जब ज्वालामुखीमा भयानक विस्फोट हुन्छ तब यसको राग तथा सल्फर डाइअक्साइड जस्ता रसायनिक तत्वहरु हावा र पूरा वातावरणमा फैलिन थाल्छ । जुन केही हजार फिटसम्म पनि उछिट्टिन सक्छ । यसले पृथ्वीमा आउने विभिन्न सूर्यका किरणहरुलाई पछि धकेल्न पनि मद्यत गर्छ ।
यसको अर्को फाइदा भनेको यसबाट वातावरणमा तापक्रम फैलने गर्छ जुसले पृथ्वीको तापक्रमलाई कम बनाउँछ । यसलाई विज्ञानको भाषामा ग्लोबल डिमिङ भन्ने गरिन्छ । त्यसको साथसाथै ज्वालामुखीको लाभामा हामीले निकै बहुमुल्य धातुहरु पनि पाउन सकिन्छ । ज्वालामुखीको लाभामा निकै बहुमुल्य पत्थर, खनिज तथा निर्माण सामग्रीहरु पाइने गरिन्छ । यसबाट विभिन्न प्रकारका क्लिनर, साबुन तथा सिमेन्ट जस्ता वस्तुहरु तयार गर्न सकिन्छ ।
ज्वालामुखीको तापक्रमले जमिन मुनि रहेको पानीको स्रोतलाई तातो बनाइदिने गर्छ । यस्तो अत्याधिक तातो हुने स्थानमा पाइप तथा टरवाइन जडान गरेर बिजुली पैदा गर्न सकिन्छ । जसलाई जियोथर्मल इनर्जी भन्ने गरिन्छ । ज्वालामुखी विस्फोट हुँदा त्यसको लाभा टाढाटाढासम्म उछिट्टिने गर्छ । यसमा रहेको म्याग्नेसियम, पोटासियम तथा आइरन जस्ता खनिजलाई जमिनलाई मलिलो बनाउन समेत मद्यत गरिरहेको हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस