गुल्मी- गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन गरिएको थियो । अहिले पाँच सय ३९ हेक्टरमा सुन्तला उत्पादन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । उत्पादकत्व गत वर्ष १०.७५ मेट्रिक टन र यो वर्ष ११.२० मेट्रिक टन उत्पादकत्व रहेको छ ।
यो वर्ष उत्पादन बढ्नुमा उत्पादन क्षेत्रफलमा वृद्धि, फल पातलो भए पनि फलको आकार ठूलो भएको, बगैँचा व्यवस्थापनमा सचेतना बढ्नु, मौसम अनुकूल हुनु र फल्ने बोटको संख्यामा वृद्धि भएको भण्डारीले बताए । अहिले करिब १० करोड ८० लाख सुन्तलाबाट आम्दानी हुने अनुमान गरिएको छ । जिल्लाका सबै पालिकामा सुन्तला खेती गरिएको छ । तर, उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ ।
मुसिकोटको ददल्का, सत्यवतीको लिम्घा, भार्से र ठूलो लुम्पेक, कालिगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुंगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् । भण्डारीका अनुसार गुल्मी दरबारको गौडाकोट, जुभुंग, रेसुंगा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवन पानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस