सिन्धुली- सिन्धुलीका मुख्य सडकमा अहिले जुनारको व्यापार भइरहेको देखिन्छ । विशेषगरी सिन्धुली भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन चल्ने सडकमा जुनारको व्यापार भइरहेको छ ।
सिन्धुलीको फुर्कोटसहितका स्थानका सडकमै जुनार बिक्री गर्न राखिएका छन् । प्रतिकेजी जुनार र सुन्तला १०० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारीसाधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।
खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाैं र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।
सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतका ठाउँमा जुनारको व्यावसायिक खेती गरिँदै आएको छ। कृषकहरुले जुनार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस