लमजुङ- चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन् । लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन् । लमजुङमा साविवको १९ गाविसमा ९१ वटा घुम्ती भेडीगोठ छन् । ८५८ घरपरिवारले घुम्ती भेडीगोठ राखेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले बताए । ती भेडीगोठमा करिब २५ हजार भेडा छन् ।
पशु सेवा कार्यालयले गरेको अध्ययनमा घुम्ती भेडीगोठबाट किसानले वर्षिक २०० मेट्रिक टन भेडाको मासु उत्पादन गर्ने गरेका छन् । प्रतिकिलो ५०० का दरले भेडाको मासु बिक्री हुने गरेको छ । सबै किसानले गरी भेडाको मासुबाट मात्र वार्षिक १० करोड आम्दानी गर्छन् । भेडाको मासुमा जिल्ला आत्मनिर्भर रहेको कार्यालयको दाबी छ ।
भेडीगोठबाट वार्षिक पाँच हजार किलो ऊनसमेत उत्पादन हुने गरेको छ । किसानले उत्पादितमध्ये आधाजसो ऊन नै र बाँकीको राडीपाखीलगायत बनाएर बिक्री गर्ने गरेका छन् । ऊनबाट मात्र वार्षिक दुई लाख ५० हजार आम्दानी हुने गरेको कार्यालयको तथ्यांक छ ।
घुम्ती भेडीगोठमा करिब आठ हजारभन्दा बढी बाख्रा, खसीबोका पनि छन् । खसीबोकाको मासु वर्षिक १२० मेट्रिक टन उत्पादन हुने र यसबाट करिब ६ करोडभन्दा बढी आम्दानी किसानले गर्ने गरेका छन् । भेडीगोठका भेडा, खसीबोका बढी पोखरा, काठमाडौ लगायतका ठूला सहरमा मासुका लागि निर्यात हुने गरेकाे छ ।
‘भेडीगोठबाट आम्दानीको सम्भावना धेरै छ । तर, किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन्’, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले भने, ‘भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।’
जिल्लाका सबै भेडीगोठालेहरूलाई एकीकृत गरी समूह गठन गरिएको पशु कार्यालयका प्रमुख श्रेष्ठको भनाइ छ । स्थानीय तहले कृषि र पशुपालनको क्षेत्रमा भने बजेट विनीयोजन नगरेको उनको भनाइ छ । यसवर्ष ८० हजार भेडा र बाख्रालाई पीपीआर (भेडाको महामारी) विरुद्धको खोप लगाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस