लमजुुङ- १० वर्ष शिक्षण पेसा गरेका लमजुङको मध्यनेपाल नगरपालिका–७, लक्ष्मीबजारका दिव्यचन्द्र सोतीको हातमा डिग्री पास गरेको प्रमाणपत्र छ । उनले अँग्रेजी विषयमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका छन् । १० वर्ष शिक्षण पेसा गरेको अनुभव छ, दिव्यसँग ।
उनी स्थानीय पश्चिम भूमी आवासीय माविमा पाँच वर्ष प्रिन्सिपलको रूपमा रही काम गरे भने जनमन्दिर माविमा पनि पाँच वर्ष पढाए । यतिबेला भने उनी शिक्षण पेसा छाडेर गाईभैंसीको गोठ स्याहार्दै छन् । उनी व्यावसायिक रूपमै गाईभैंसीपालनमा होमिएका छन् ।
‘देशमै बसेर आफ्नै केही उद्यम गर्नुपर्छ’ भन्ने सोचले आफू व्यावसायिक कृषि कर्ममा लागेको उनी बताउँछन् । उनले २०७२ सालबाट गाईभैंसीपालन व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन्, ‘कृषिमा रम्न पाउँदा औधी खुसी छु ।’
दिव्यको फार्ममा अहिले १६ वटा उन्नत जातका गाई छन् । फर्ममा होलेस्टेन र जर्सी जातका गाई छन् । अहिले १२ वटा गाईले नियमित दूध दिन्छन् । फर्ममै मुर्रा जातका चारवटा दुहुनो भैंसी पनि छन् । फर्मबाट गाईभैंसीको गरी दैनिक एक लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध स्थानीय भोर्लेटार र रामबजारमै खपत हुन्छ । उनले गाईको दूध प्रतिलिटर एक सय रुपैयाँमा विक्री गर्ने बताए ।
भैंसीको दूध प्रतिलिटर १२० रुपैयाँमा बिक्री गर्छन् । कुनै बेला दूध बिक्री नहुँदाको समयमा उनले दूध संकलन गरी ‘क्रिम’ बनाउँछन् । ‘क्रिम’ प्रतिलिटर ११ सय रुपैयाँमा बिक्री हुन्छ ।
‘कुनैबेला दूध बिकेन भने क्रिम बनाउँछौँ । एक लिटर क्रिम बनाउन करिब १५ लिटर दूध आवश्यक पर्छ,’ उनले भने । दूध र तरकारी बिक्रीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुँदै आएको उनले बताए ।
व्यवसायमा ६० लाख लगानी
आफ्नो कृषि व्यवसायमा हालसम्म ६० लाखभन्दा बढी लगानी भइसकेको उनी बताउँछन् । ३० वर्षे दिव्यले उज्यालो मुहार बनाउँदै भने, ‘वार्षिक १५ लाख आम्दानी हुने तवरले कृषिमा लगानी गरी व्यवसाय व्यवस्थित रूपमा विस्तार गर्ने लक्ष्य लिएको छु ।’
वार्षिक २५ लाख कारोबार हुने र वार्षिक छ लाख बचत हुने गरेको छ । पढेलेखेको भर्खरको ठिटो देशमै बसी कृषिमा रमेको देख्दा स्थानीयले दिव्यको उद्यमको खुलेरै प्रशंसा गर्छन् ।
तरकारी खेतीसँगै माछापालन
दिव्यले तीन जनालाई पूर्ण रोजगारी र आंशिक तीन जनालाई रोजगार दिएका छन् भने उनी कामदारसँगै गाईभैंसीको स्याहारसुसारमा पनि जुट्छन् । गाईभैंसीपालनमा मात्र उनी सीमित छैनन् ।
उनले तरकारी खेती र माछापालनसमेत सुरु गरेका छन् । उनले ७० रोपनी जग्गा भाडामा लिई उक्त जग्गामा गाईभैंसीपालन, माछापालन र तरकारी खेती विस्तार गरेका छन् ।
उनले १० लाखको लगानीमा २०७५ बाट माछापालन व्यवसायसमेत सुरु गरेका छन् । पाँच रोपनी जग्गामा पाँचवटा माछा पोखरी बनाइएको छ । उनको माछापोखरीमा नैनी, रहु, कमनकार्प र ग्रासकार्प जातका माछा छन् । उनले उत्पादित माछा प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस