तनहुँ- जिल्लाको भिमाद नगरपालिका–९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हँुदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक पशुपालन कृषक अवलोकनका लागि आउने गरेका छन् ।
पाथार्दीका ६० घरपरिवारले बोयर जातको बाख्रापालन गरेर नमूना कार्य गर्नुका साथै आम्दानीको राम्रो स्रोत बनाउन थालेपछि अवलोकनका लागि कृषकको आकर्षण बढ्न थालेको हो । तनहुँ, गोरखा, लमजुङ, पाल्पा स्याङ्जालगायतका जिल्लाबाट कृषक समूह, स्थानीय पालिकाका जनप्रतिनिधिलगायतका टोली अवलोकनका लागि आउने गरेको स्थानीय अगुवा कृषक शिवकुमार आलेले बताउनुभयो । पाथर्दीलाई गत दुई वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेशकै नमूना कृषिगाउँ घोषणा गरेको थियो ।
मुख्यमन्त्री कृषि नमुना गाउँका रूपमा घोषणा गरिएको पाथर्दी गाउँलाई गण्डकी प्रदेश सरकारले बाख्रा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको छ । यस क्षेत्रका कृषकले बोयर जातको बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । अवलोकनका रूपमा पनि विकास हुँदै गएको उहाँले बताउनुभयो । करिब सात वर्षको अवधिमा यहाँका बाख्रापालक कृषकले पाथर्दीलाई नमूना कृषिगाउँका रूपमा परिचित बनाउन सफल भएका छन् ।
पराम्परागतरूपमा पशुपालन तथा कृषि पेशा गर्दै आएका यहाँका कृषकले व्यावसायिकरूपमा बाख्रापालन थालेपछि आम्दानीसँगै विकासमा अघि बढेको अगुवा कृषक आलेले जानकारी दिनुभयो । गाउँमा शुरुमा बोयर बाख्रा ल्याएर पाल्न शुरु गरेका आलेले अहिले झण्डै रु ४० लाख मूल्य बराबरका बाख्रा फार्ममा रहेका छन् । “बाख्रापालनबाट राम्रै आम्दानी हुन थालेपछि आफू सन्तुष्ट रहेको छु”, उहाँले भन्नुभयो, “वार्षिकरूपमा रु १० देखि रु १६ लाखसम्मको बाख्रा बिक्री गर्दै आएको छु ।”
विसं २०६४ देखि त्यस क्षेत्रका कृषकले बीउ तथा मासुका लागि बोयर बाख्रा उत्पादन गर्दै आएका छन् । बाख्रापालनमा राम्रो आम्दानी हुन थालेपछि पाथर्दीबाट विदेशिएका युवासमेत गाउँमै फर्किएर बाख्रापालनतर्फ लाग्न थालेको वडाध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । वैदेशिक रोजगारी त्यागेर बाख्रापालनमा भविष्य देखेका युवामध्येका एक कृषक हुन् विनम आले । करिब पाँच वर्ष दक्षिण कोरियामा बिताउनुभएका आलेले यतिबेला गाउँमा बोयर बाख्रालगायतका कृषि पेशा गर्न थाल्नुभएको छ । “परिवारको साथमा बसेर गाउँमै राम्रो आम्दानी हुने भएपछि किन विदेश जानू ? विदेशमा कमाएको पैसा गाउँमै कमाउन सकिने सम्भावना देखेर गाउँ फर्किएको हुँ”, उहाँले भन्नुभयो । आलेले ३०० कुखुरा र करिब ३५ वटा माउसहितको बोयर बाख्रा राखेर पाल्न शुरु गर्नभएको छ ।
कृषि पेशालाई व्यावसायिक बनाउन सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको अर्का कृषक श्रीमाया आले बताउनुहुन्छ । वर्षमा रु १० लाखसम्मको बोयर बाख्रा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “श्रीमान्, छोराहरु कसैलाई पनि विदेश पठाएको छैन”, उहाँले भन्नुभयो, “सबै मिलेर काम गर्ने हो भने स्वदेशमै रमाइलो र खुशी हुन्छ ।”
करिब रु १५ करोडको लगानीमा बाख्रा अनुसन्धान केन्द्र निर्माण गर्न लागिएको छ । अनुसन्धान केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा रु ५० लाख बजेट अनुसन्धान केन्द्रका लागि विनियोजन गरिसकिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस