बैतडी – बैतडीका एक शिक्षकले बाँझो जग्गा स्याहारेर ४० रोपनी क्षेत्रफलमा व्यवसायिक आलुखेती सुरु गर्नु भएको छ । बैतडीको पाटन नगरपालिका–८, खोपड्पेका कृष्ण बिष्ट र कलावति भण्डारी बिष्टले ४० रोपनी जमिनमा कार्डनिल जातको ४० क्विन्टल आलुको बीउ रोपेर व्यवसायिक आलुखेती सुरु गर्नु भएको हो ।
स्थानीय ज्ञानेश्वर माध्यमिक विद्यालयमा विज्ञान विषयका शिक्षक कृष्ण बिष्टले विएससीसम्मको अध्ययन गर्नु भएको छ । कलावति बिष्ट स्थानीय विद्यालयमा बाल विकास कक्षामा पढाउनु हुन्छ । शिक्षण पेशमा आबद्ध रहनु भएका दुबै श्रीमान श्रीमतिले शिक्षण पेशा गरेर बचेको समय सदुपयोग गर्दै बाँझो जमिन स्याहार्दै आलु खेती सुरु गरेको बताउनु भएको छ ।
बैतडीको खोड्पे क्षेत्र आलु उत्पादनका लागि प्रसिद्ध ठाउँ मानिन्छ । यहाँको मुख्य नगदे वालीका रुपमा आलु खेती हुने गरेको छ । जमिन बाँझो राख्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच पलाएपछि शिक्षणपेशसँगै दम्पति मिलेर ४० रोपनी जमिनमा करिब सात लाख रुपियाँको लागतमा आलुखेती सुरु गरिएको कलावति बिष्टले बताउनुभयो ।
शिक्षण पेशा गरेर पनि साँझ विहानको समय बचत हुने भएकोले केही नमुना काम गरेर देखाउन ठूलै लगानी र मिहिनेत गरेर आलुखेती सुरु गरेको शिक्षक कृष्ण बिष्टले बताउनुभयो ।
बिष्टले भन्नुभयो, “ जग्गा त्यत्तिकै बाँझो थियो । लगानी र मिहिनेत गर्न सके व्यवसायीक रुपमा आलुखेती गर्न सकिने देखिएपछि यो वर्ष ४० क्विन्टल आलुको बीउ रोपेको छु । सिचाँईका लागि पानी ल्याउन डेढ लाख खर्च भयो । जङ्गली बँदेलबाट आलु खेती जोगाउन तीन लाख ५० हजार खर्च गरेर तारजालीको घेरबार लगाएको छु । आफ्नै स्वलगानीमा आलुखेती गर्ने आँट गरेपछि कृषि ज्ञानकेन्द्र बैतडीले पनि डेढलाख रुपियाँ अनुदान सहयोग दिएको छ । ”
न्यू एसके कृषि पशु बहुउद्देशीय फर्म दर्ता गरेर सुरुको वर्षमै ४० क्विन्टल आलुको बीउ रोपेको बिष्टले बताउनुभयो । “एक किलो आलुको बीउबाट करिब १५ किलो आलु फलाउने लक्ष छ,” बिष्टले भन्नुभयो, “ ४० क्विन्टलबाट बढीभन्दा बढी आलु फलाउन सिँचाई र गोठेमलको प्रयाप्त व्यवस्था गरेको छु । ”
४० रोपनी क्षेत्रफलमा सुरु गरिएको आलुखेतीमा प्रत्यक्ष रुपमा स्थानीयले रोजगारीसमेत पाएको उहाँले बताउनुभयो । गोडमेल गर्ने, समय समयमा मल हाल्ने कामका लागि दैनिक ज्यालादारीमा स्थानीयले रोजगारी पाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस