सङ्खुवासभा – बाख्रा पालनका लागि पकेट क्षेत्र घोषणा गरेको चिचिला गाउँपालिकाले बोयर जातका एक सय वटा बाख्रा गाउँपालिका भित्राउने भएको छ । बाख्रा पालनबाट कृषकहरुको आय स्तर बृद्धि गराउने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा गाउँपालिकाले बाख्रा वितरण सुरु गरेको हो ।
बाख्रा पालनको लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेट र कृषकहरुबाट संकलन भएको ५० प्रतिशत रकमबाट बाख्रा खरिद गरिएको गाउँपालिका पशु विकास शाखा प्रमुख दिर्घमान कुलुङले जानकारी दिनुभयो । उक्त बजेटबाट नै औषधी उपचारका लागि पनि बजेट छुट्याईएको कुलुङको भनाई छ । हालसम्म दुई चरण गरि ७७ वटा बाख्रा ल्याएर वितरण गरिसकिएको शाखा प्रमुख कुलुङले जानकारी दिनुभयो । अब तेश्रो तथा अन्तिम चरणमा ३३ वटा बाख्रा ल्याउन तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
पाठी ५० र बोका ७५ प्रतिशतको बोयर बाख्राको ढुवानी सहितको मुल्य ३२ हजार रुपैयाँ परेको कुलुङले जानकारी दिनुभयो । उहाँका अनुसार शत प्रतिशत बोयर जातका बोकाबाट अन्य जातका पाठीसँग क्रस भई जन्मिएको बाख्रामा ५० प्रतिशत बोयरको गुण हुन्छ । उक्त ५० प्रतिशतको पाठी र शत प्रतिशत बोयर जातको बोकाबाट जन्मिएको बाख्रामा ७५ प्रतिशत बोयरको गुण हुन्छ । उक्त बाख्रा मोरङको रंगेलीबाट ल्याईएको गाउँपालिकाले जनाएको छ ।
चिचिला गाउँपालिकाले पाँच वटै वडालाई बाख्रा पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गर्न लागेको हो । वडा नम्बर १ मा सोभाङ्मा बाख्रा पालन समुह र नमुना बाख्रा पालन समुह, वडा नम्बर २ मा रमिते बाख्रा पालन समुह र आहाले बाख्रा पालन समुह गठन गरिएको छ । त्यस्तै, वडा नम्बर ३ मा नमुना बाख्रा पालन समुह गठन गरिएको छ । वडा नम्बर ४ मा बलुथाम बाख्रा पालन समुह, सरस्वती बाख्रा पालिन कृषक समुह र मत्स्यपोखरी बाख्रा पालन समुह गरि ३ वटा समुह बनाईएको छ । वडा नम्बर ५ मा प्रगति बाख्रा पालन समुह र बाक्सिदा बाख्रा पालिन समुह गठन गरिएको गाउँपालिकाले जनाएको छ ।
चिचिला गाउँपालिकामा बाख्रा पालनका लागि उपयुक्त वातावरण र भुगोल रहेकोले राम्रो आमदामी हुने गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको दावी छ । बाख्रा पालन समुहमा आवद्ध सदस्यहरु पहिलेदेखि नै बाख्रा पाल्दै आएको र बोयर जातको बोकाबाट उन्नत जातको बाख्रा उत्पादन हुने भएकोले पनि कृषकहरुले आयस्तर बृद्धि हुने अपेक्षा रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । पकेट कार्यक्रममा एक सय कृषक आवद्ध रहेकोमा अनुदानका बाहेक हजार भन्दा बढी बाख्रा रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस