ताप्लेजुङ – ताप्लेजुङको हिमाली क्षेत्रका बासिन्दाको पुख्र्यौली पेशाको रुपमा रहेको याक तथा चौंरीपालन हराउँदै गएको छ । चरन क्षेत्रको अभावसँगै पछिल्लो समय बर्सेनि वन्यजन्तुले आक्रमण गरेर क्षति पु¥याउन थालेपछि याक तथा चौंरीपालन पेशा हराउँदै गएको हो ।
हिजोआज हिमाली क्षेत्रका बासिन्दाले पुख्र्यौली पेशा याक तथा चौंरीपालन छोडेर वैकल्पिक पेशा अँगाल्न थालेका छन् । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा पुस्तान्तरण हुने अर्थात अभिभावकले आफ्ना सन्ततिलाई पैतृक सम्पत्तिकै रुपमा भाग लगाएर याक र चौंरी पालन दिने गरिएकोमा अहिले यो पेशा हराउँदै गएको हो । चरनक्षेत्र अभाव र जङ्गली जनावरको आक्रमणकै कारण गोठ राख्न छोडिएपछि याक÷चौंरी पालन हराउँदै गएको स्थानीयले बताएका छन् ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप घुन्साका पेमा शेर्पाले पुख्र्यौली पेशा चौरी र याक गोठ पालन रहेकोमा अहिले छोडेको बताउनुभयो । शेर्पाका अनुसार पैतृक सम्पत्तिको रुपमा सुरुमा २० वटा याक उहाँले पाउनुभएको थियो । उक्त सङ्ख्यामा याक थप गरेर ४५ वटासम्म पु¥याएर गोठ पाल्दै आएकोमा हाल चराउने ठाउँ नभएको र जङ्गली जनावरले मार्न थालेपछि घाटा भएकाले पेशा छोडेको उहाँले बताउनुभयो ।
शेर्पाका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्र स्थापना भएदेखि नै वन÷जङ्गलको संरक्षण हुन थालेको र वनमा जङ्गली जनावर बढ्न थालेपछि पशुपालनमा समस्या आउँदै गएको हो ।
वन जङ्गलको संरक्षणका कारण जताभावी गोठ राख्न वा चरन क्षेत्रको रुपमा प्रयोगन गर्न नपाइने भएको र जङ्गली जनावरको आक्रमणबाट ठूलो क्षति हुन थालेपछि याक तथा चौंरीपालन छोड्नुपर्ने बाध्यता बनेको हिमाली क्षेत्रका बासिन्दाको भनाइ छ ।
वन्यजन्तुको शिकार गर्न नपाउने भएपछि वन्यजन्तुको सङ्ख्यो बढेको र वन्यजन्तुले घर बालुवा पशुचौपायामा आक्रमण गरेर दिन प्रतिदिन क्षति पु¥याउन थालेकाले चौंरी र याक गोठ बेच्न बाध्य हुनुपरेको पेमा शेर्पाले बताउनुभयो ।
पुख्र्यौली पेशा याक चौंरी पालन छोडेर अहिले गेष्ट हाउस सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस्तै घुन्साकै टाँसीतेन्जी शेर्पाले पनि पूख्र्यौली पेशा छोडेर होटल तथा गेष्टहाउस व्यवसाय सञ्चालन गर्न थाल्नुभएको छ ।
फलेका लाक्पा भोटियाले केहीवर्ष अगाडिसम्म ५० वटा चौंरी र याकको गोठ पाल्नुभएको थियो । संरक्षण क्षेत्रमा हिउँ चितुवा, ब्वाँसो, भालु, चितुवाजस्ता वन्यजन्तु फैलिँदै गएर चौंरी र याक मार्न थालेपछि गोठ बेच्न बाध्य भएको भोटियाले बताउनुभयो । उहाँले केही फम्जो (भारी बोक्ने याक) मात्र राखेर बाँकी सबै तिब्बतका व्यवसायीलाई बिक्री गरेको जानकारी दिनुभयो ।
यसरी नै कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिकाको ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा, फले, ग्याब्ला लगायत हिमाली गाउँका अधिकांश बासिन्दाले पुख्र्यौली पेशा याक तथा चौंरी पालन छोड्दै लगेका छन् ।
उनीहरुले चरनक्षेत्र अभाव र जङ्गली जनावरले पशुचौपाया मार्ने गरेका कारण ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएपछि गोठपालन छोड्न बाध्य भएको बताउँछन् । हाल गोठ राख्न छोडेपछि हिमाली क्षेत्रका बासिन्दाको पुख्र्यौली पेशाको रुपमा रहेको याक तथा चौंरी पालन पेशा हराउँदै गएको हो । केही परिवारले भने सीमित सङ्ख्यामा याक तथा चौंरीपालन पेशा अँगाल्दै आएका बताइएको छ ।
हिमाली क्षेत्रमा अन्य पेशा अर्थात खेतीपाती नहुने हुँदा यहाँका बासिन्दाले पशुपालन, जडीबुटी सङ्कलन लगायतका पेशा गर्ने गर्दछन् । एउटा याकको मूल्य ६० देखि ८० हजार रुपियाँसम्म पर्ने हुँदा वन्यजन्तुले मारेमा वा क्षति गरेमा ठूलो घाटा हुने स्थानीयको भनाइ छ । यता कञ्चनजघा संरक्षण क्षेत्रभित्र जङ्गली जनावर अर्थात हिउँ चितुवाले याक चौंरी मारेमा क्षतिपूर्तिबापत कञ्चनजङ्घा संरक्षण व्यवस्थापन परिषदले प्रतिगोटा आठ हजार रुपियाँ दिने गरेको जनाइएको छ । लाखौं रुपियाँको हाराहारी पर्ने वस्तुको क्षतिपूति आठ हजार रुपियाँको कुनै अर्थ नहुने किसान बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस