जाजरकोट – उत्पादित दूधले बजार नपाउँदा यहाँका कृषक चिन्तित छन् । उत्पादनले बजार नपाउँदा यस व्यवसायमा लागेका युवा निराश हुन थालेका हुन् ।
भेरी नगरपालिका–२, राङ्सीका मक्कर नेपाली उत्पादित दूधले बजार नपाएको बताउनुभयो । उहाँले दूध बिक्री नभए पनि यसबाट अन्य परिकार बनाउने सीप ज्ञान नहुँदा भैँसीपालन व्यवसाय छोड्ने सोचाइमा पुगेको बताउनुभयो । एक वर्षअघि दुग्ध व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत सुरु गरेको भैँसीपालनबाट उहाँले दैनिक २० लिटर उत्पादन गर्दै आउनुभएको छ तर सदरमुकाम खलङ्गा टाढा रहेको र नजिकका बजारमा खपत नहँुदा दूध खेर जाने गरेको नेपालीले बताउनुभयो । घिउ बनाउँदा पनि निकै घाटा लाग्ने उहाँको भनाइ छ ।
भेरी नगरपालिका–१, कालेगाउँका तुलसी बस्नेत पनि दूधले बजार नपाउँदा व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले दैनिक दूध उत्पादन भए पनि बजारीकरणका लागि कसैले पहल नगरेको गुनासो गर्नुभयो ।
सोही गाउँका इन्द्रबहादुर बटाला पनि दूधले बजार नपाउँदा सबैको घरघरमा गएर बिक्री गर्न बाध्य भएको बताउनुहुन्छ । सरकारले भैँसीपालन व्यवसायका लागि अनुदानको व्यवस्था गरे पनि बजार व्यवस्थापनमा ध्यान नदिँदा आफूजस्ता व्यावसायिक किसान मर्कामा परेको बटालाको भनाइ छध्र
पशु अस्पताल तथा पशु विकास कार्यालय जाजरकोटका प्रमुख जरबहादुर भक्रीले कृषकको दूध खपतका लागि डेरीको व्यवस्था गर्न लागिएको बताउनुभयो । डेरीका लागि कस्तुरी सहकारी संस्थालाई कार्यक्रम स्वीकृत भइसकेकाले छिट्टै सञ्चालनमा आउने र कृषकले उत्पादन गरेको दूध त्यहाँ खपत गरिने जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस