गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उनलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका छन्।
तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा रबर खेती सम्भव भएको निचोड निकालेका थिए । त्यही आधारमा झापा र गोरखा जिल्लामा पहिलोपल्ट २०४८ सालमा रबर खेती शुरु गरिएको थियो । हाल झापा, मोरङ र सुनसरी जिल्लामा दशौँ हजार हेक्टर भूमिमा रबर खेती गरिएको छ । झापामा रबर खेती शुरु गर्दा अनुसन्धाता भण्डारीले किसानलाई यसको बारेमा प्राविधिक सीप सिकाएका थिए ।
फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्दै रबर खेतीको विकासमा सघाउने योजना अघि सारेको छ । फाउन्डेसनका अध्यक्ष कोइरालाले झापामा रबर खेतीको सम्भावना देखेर पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पहिलोपल्ट रबर विकास बोर्ड गठन गरकाे बताएका छन् । स्थानीय किसानलाई रबर खेतीमा आकर्षित गरेर आर्थिकस्तर उकास्न फाउन्डेसनले कार्यक्रम ल्याएको उनले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस