गाईघाट – गाईघाट बजारका डेरी उद्योगले उत्पादन गरेको छुर्पी बिक्री हुन सकेको छैन तर बजारमा शुद्ध दूधको आपूर्ति बढेसँगै छुर्पी उत्पादनमा भने व्यापक वृद्वि भएको छ ।
त्रियुगा नगरपालिका क्षेत्रभित्र व्यावसायिक गाईपालन गर्ने किसानले उत्पादन गरेका दूध डेरीमा सहज आपूर्ति भएकाले यो वर्ष छुर्पी उत्पादनमा व्यापक वृद्धि भएको तर बिक्री ठप्प हुँदा लगानी नै डुब्ने चिन्ता बढेको राधाकृष्ण दूध डेरीका सञ्चालक वासुदेव कटुवालले बताएकाा छन् ।
उनले मङ्सिर पहिलो सातादेखि उत्पादन गर्न सुरु गरेकोमा हालसम्म १७ क्विन्टलभन्दा बढी छुर्पी उत्पादन भइसकेको बताए । फागुनको दोस्रो सातासम्म छुर्पी उत्पादन गर्न सकिने हुँदा थप सात क्विन्टलको हाराहारीमा आफूले छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य लिएको तर अहिलेसम्म एक किलोग्राम पनि नबिकेको बताए ।
त्यसैगरी सात वर्षदेखि छुर्पी उत्पादन गर्दै आएको पाथीभरा दूध डेरी उद्योगले पनि मङ्सिरदेखि नै उत्पादन गर्न सुरु गरेर अहिलेसम्म करिब ६० क्विन्टलभन्दा बढी छुर्पी उत्पादन गरिसकेको सञ्चालक अविनार लिम्बूले बताएकाा छन् ।
विगतका वर्षहरूमा प्रतिकिलोग्राम एक हजार रुपियाँको भाउ पाउँदै आएकोमा यस वर्ष मूल्य पनि घटेर प्रतिकिलो सात सयको हाराहारीमा झरेको तर अहिलेसम्म बिक्री नै नभएको उनले बताए ।
उनका अनुसार पूर्वी नेपालका बजारमा गाईघाटको छुर्पीको अत्यधिक माग हुने गरेकोले विगतलाई हेरेर यस वर्ष पनि लगानी बढाएर उत्पादन बढाएको तर कोरोनाका कारण व्यापारमा व्यापक गिरावट आएको हो । उनले आफ्नो गोदाममा अझै करिब ६० क्विन्टलभन्दा बढी छुर्पी थन्किएर रहेको बताए । गाईघाटको छुर्पी स्थानीय बजारमा मात्र नभई झापाको बिर्तामोड, धुलाबारी, बेलडाँगीस्थित शरणार्थी शिविर र भारतको सिलगुडीसम्म जाने गरेकोमा यो वर्ष बिक्री ठप्प छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस