दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष ४० हजार कफीका बिरुवा रोपिसकिएको र यस वर्ष थप दुई हजार रोपनीमा बिरुवा लगाइने योजना रहेको वडा नं ७ का वडाध्यक्ष रेशमराज रिमालले बताएका छन् ।
यस वर्ष तीन नर्सरीमा उत्पादित गरिएका करीब दुई लाख बिरुवा रोपिने योजना रहेको उनले जानकारी दिए । वाग्मती प्रदेश सरकारको कफी विस्तार कार्यक्रम र दोलखा कफी उद्योगको लगानीमा कफीखेती विस्तार गर्न लागिएको हो । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको र दोलखा कफी उद्योगले थप रु ११ लाख जम्मा गरी कफीखेती शुरु गरिएको अध्यक्ष रिमालले बताए ।
यस वर्ष पनि कार्यक्रम विस्तारका लागि प्रदेश सरकारले रु २५ लाख र कफी उद्योगले रु २५ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको छ । वडा नं ७ ले पनि कफीखेती विस्तारका लागि भन्दै रु दुई लाख रकम विनियोजित गरेको छ । विनियोजित गरिएको सो रकम कफीखेतीका लागि जमीनको पहिचान गरी पूर्वाधार विकास तथा सिँचाइ योजनाका लागि खर्च गरिने छ ।
उक्त गाउँपालिका तीन वडामा कफी उत्पादनको राम्रो सम्भावना रहेका कारण गत वर्ष वडा नं ८ को बसेरी, ७ का बेतानी, रिमालगाउँ र मार्वुटार तथा वडा नं १ को गैरिमुदी क्षेत्रमा ४० हजार कफीका बिरुवा रोपिएका थिए । यस वर्ष थप विस्तार गर्नका लागि मार्वुटार नर्सरीमा एक लाख कफीका बिरुवा उत्पादन भइरहेका छन् । बेतानीमा ४० हजार, बसेरीमा तीन रोपनी जमीनमा ४० हजार र वडा नं ६ मा २० हजार कफीका विरुवा उत्पादन गरिएको छ ।
गाउँपालिकाको कृषि प्राविधिकको प्रत्यक्ष निगरानी रहने गरी ८०० मिटर देखि एक हजार ६०० मिटरसम्मको उचाइमा कफीखेती विस्तार गरिएको छ । कफीको उत्पादनका हिसाबले राम्रो मानिएका ती क्षेत्रमा जैविक कफी उत्पादन गर्ने र पछि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन तथा प्रशोधनका लागि उद्योग सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरिरहेको वडाध्यक्ष रिमालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस