इलाम- भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ ।
पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ । “भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ”, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले भने, “नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो ।” उनका अनुसार ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको छ ।
केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) रु एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन । अहिले त किसानले त्यसको एक चौथाइ भाउमात्र पाउँछन् । फेरि भाउ बढेमा किसानलाई केही लाभ हुन सक्छ । “भाउ त धेरै नै बढ्छ”, अध्यक्ष कार्कीले भने, “तर यति नै भन्न सकिँदैन । अलैँचीको हाहाकार नै हुने स्थिति थियो ।” विगतमा पनि अलैँचीको भाउ भारतमा उत्पादन घटेकै कारण आएको थियो तर पछिल्ला वर्षमा भारतमा पुनः अलैँची उत्पादन हुन थालेकाले भाउ घटेको हो । अध्यक्ष कार्कीका अनुसार नेपालमा उत्पादन हुने ६० प्रतिशत अलैँचीको बजार भारत हो । भारतले पनि विभिन्न मसला सामग्री निर्माण गरेर तेस्रो मुलुक पठाउँछ । गुणस्तरका हिसाबले पनि भारतको भन्दा नेपाली अलैँची अब्बल छ ।
त्यसैले पनि अन्तर्राष्ट्रिय जगत््मा नेपाली अलैँचीको माग उच्च छ । “पछिल्ला वर्षहरूमा नेपाली अलैँचीको भाउ एकदम बढेको छ । किसान आफैँले प्रशोधन गर्दासमेत सचेतना जनाउन थालेका छन्”, अध्यक्ष कार्कीले भने, “पछिल्लो समय त धेरै जिल्लामा उत्पादन हुन थालेपछि उत्पादन राम्रो भएको छ ।” नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस