इलाम- विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो ।
उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ । प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिकिलो रु ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर रु ५० पुर्याएपछि किसान हर्षित देखिएका छन् । “भदौसम्म पानी परे पनि नयाँ सिजन(अटम) मा मौसम राम्रो भएकाले उत्पादन बढ्यो”, सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवाल भन्नुहुन्छ, “उद्योगीले पनि चियाको मूल्य बढाए । आम्दानी राम्रै भएको छ ।” उहाँका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ ।
कटुवालले अनुसार यस वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएको बताउनुभयो । त्यसैले पनि चियामा किसानले धेरै खर्च गर्नुपरेन । चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको इलाम नगरपालिकास्थित साँखुजुङका उद्योगी टङ्क दाहाल बताउनुहुन्छ ।
गएका वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको उहाँको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि यति बेलै हो ।
यो सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने पनि गर्छ । यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहन्छ भने त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन शुरु हुन्छ । मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न धेरै समय चियामा लाग्ने गरेको सूर्योदय नगरपालिकाका अर्का किसान डम्बर प्रधान बताउनुहुन्छ । सिजनको शुरुबाटै आन्दोलनका कारण उल्लेखनीय फाइदा लिन नसकेका किसानलाई यो सिजनले केही राहत पुगेको प्रधानको भनाइ छ । अन्तिम सिजनको चिया टिपिसकेपछि भने करीब चार महिनापछि मात्र चिया टिप्ने गरिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस