महोत्तरी-आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् ।
बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो ।
कात्तिकको पहिलो सातामै जलेश्वरमा स्थापना भएको केन्द्रले अब जिल्लामा कृषिक्षेत्रका आवश्यकताबारे प्रत्यक्ष समन्वय गर्ने किसानले आस पालेका छन् । “पछिल्ला करिब तीन वर्ष त हामी रनभुल्ल थियौं”, जिल्लामै मिहिनेती र नयाँनयाँ कृषि प्रविधिबारे चासो राख्ने किसानका रुपमा चिनिनुभएका भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादवले भन्नुभयो, “अब भने किसानलाई परामर्श सेवा, प्राविधिक सरसल्लाह र सहुलियत समयमा पाउने आस जागेको छ ।”
यसअघि स्थानीय तहको निर्वाचन पूर्व जिल्ला÷जिल्लामा रहेका जिल्ला कृषि बिकास कार्यालय निर्वाचनपछि हटेर सरकारले दुई जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको थियो । प्रदेश नं २ का आठ जिल्लामा चार केन्द्र सञ्चालनमा ल्याएअनुरुप महोत्तरी र सर्लाहीका लागि मलङ्गवा तोकिएको थियो । यस अवधिमा सामान्य सरसल्लाहका लागि खोज्दा पनि कृषि प्राविधिक उपलब्ध नभएका यहाँका किसानको गुनासो छ ।
किसानले अब जिल्लाका बिभिन्न भेगमा रहेका कृषि सेवा केन्द्र, स्थानीय तह र किसानबीच नवस्थापित कार्यालयले समन्वय गरिदिने आस गरेका छन् । जिल्लाका १५ स्थानीय तहमा कतैपनि कृषि शाखा राम्रो सञ्चालनमा नरहेको बेला स्थापना भएको कार्यालयले अब यस दिशामा सकारात्मक पहलकदमी तत्काल लिने बिश्वास जागेको जिल्लाकै गौशाला नगरपालिकाको बटौवाबस्तीका किसान अरुण सिंह कुशवाहाले बताउनुभयो ।
महोत्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको मानिन्छ । यहाँ तरकारी, फलपूmल, माछापालन, पशुपालन (दुध र मासु उत्पादनका लागि) र अन्नबालीका खासखास पकेटक्षेत्र यसअघि नै तोकिएका छन् । अब जिल्लामा स्थापित कृषि ज्ञान केन्द्रले खासखास क्षेत्रमा लागेका किसानलाई थप उत्प्रेरित गर्न आवश्यक रहेको लामो समयसम्म कृषिक्षेत्रमा कृषिविज्ञका हैसियतमा सरकारी सेवा दिएर हाल सेवानिवृत हुनु भएका भङ्गाहा–६ का बासिन्दा राजकिशोर यादवले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस