तनहुँ – तनहुँमा बाख्रामा पीपीआर रोग फैलिएको छ । रोगले बिरामी भएका बाख्राको मर्ने क्रम बढेको छ । शुक्लागण्डकी, भानु र व्यास गरी तीन नगरपालिकामा यो रोग फैलिरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
रैपिड पीपीआर एन्टिजेन टेष्ट किटबाट परीक्षण गर्दा बाख्रामा पीपीआर रोग पोजिटिभ देखिएको व्यास नगरपालिका पशु विकास शाखाका पशु विकास अधिकृत डा. मनोज विश्वकर्माले जानकारी दिएका छन् । डा. विश्वकर्माका अनुसार वडा नं. ११ को राटमाटा टोलमा रहेका एक बाख्रापालक कृषकको बाख्राहरूमा परीक्षण गर्ने क्रममा उक्त रोग लागेको पुष्टि भएको हो ।
बिरामी परेका बाख्रा मर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । व्यास नगरपालिका–१२, गोल्लाका कृषक गेमबहादुर थापा बाख्राहरू बिरामी परिरहेका र रोग नियन्त्रणमा नआउँदा कृषकहरू चिन्तित बनेको बताउनुभयो । आफ्नो १३ वटा बाख्रामध्ये तीन वटा बिरामी परेर छेरौटी लागेकाले र उक्त रोगको आशङ्का गरिएको उनले बताए ।
उक्त रोगबाट शुक्लागण्डकी नगरपालिकाकाको वडा नम्बर ६ र २ मा गरी ८ वटा, व्यास नगरपालिका–११ मा एक वटा, भानु नगरपालिका–३ मा नाै वटा गरी १८ वटा बाख्रा मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जानकारी दिएका छन् । शुक्लागण्डकीमा नियन्त्रणमा आईसकेको रोग फेरी देखा परेको र आइतबार दुई थप बाख्रा मरेको डा. श्रेष्ठले बताए ।
रोगी पशुसँग प्रत्यक्ष सम्पर्क भएमा, लसपस भएको आहारा, पानी र घाँसलगायतको माध्यमबाट फैलने हुँदा रोगी बाख्रालाई अलग्गै उपचार र दाना पानी दिनुपर्ने उहाँ बताउनुहुन्छ । रोगको सङ्क्रमण हुँदा ज्वरो आउने, घाँसपात नखाने, गिजा, जिब्रो तथा मुखभित्र भागहरूमा घाउहरू देखिने, आँखामा कचेरा पर्ने, नाकबाट बाक्लो सिँगान बग्ने, छेरौटी लाग्ने लक्षण देखिएको केन्द्रले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस